Tuesday, 26 Oct
01:00:00

टंक र अशोकको पारिश्रमिक ३ लाख, लडे बल्छी

2018/09/26   gufgaf

गफगाफ - समसामायिक विषय वस्तुमाथि झटारो हान्ने हाँस्यव्यङग्य टेलिसिरियल मेरी बास्सैमा यो साता गायक तथा संगीतकार टंक बुढाथोकी र बाल गायकद्वय अशोक दर्जी र ए आर बुढाथोकी पुगेका छन् । यो साता गाउँमा गाउँको चर्चा र भलाईको लागि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अशोक दर्जी, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारलाई निम्ता गरिएको छ । यहि निम्ता स्विकारेर उनीहरु गाउँमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन पुगेका छन् ।

कार्यक्रममा उनीहरुले लिने पारिश्रमिकको कुरा सुनेर बल्छी कान्लाबाट खसेका छन् ।  टंक र अशोकले तीन लाख पारिश्रमिक लिने कुरा सुन्ने बित्तिकै बल्छी कान्लाबाट खसेका छन् ।गाउँमा आयोजना भएको उक्त कार्यक्रमलाई कलाकार प्याकुली अर्थात जानुका पौडेलले सञ्चालन गरेकी छिन् । मेरी बास्सैमा कार्यक्रम शुरु हुनुहुन्दा अगाडि भने प्रमुख अतिथिको लागि निकै लामो छलफल र बहस भएको छ । कार्यक्रममा काजी बा नै प्रमुख अतिथि बन्नु पर्छ भन्ने कुरा भईरहेको हुन्छ । त्र अन्त्यमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने सापटे काकालाई बोलाईन्छ ।

पुराना कलाकारको पुर्नआगमन हुँदै
पछिल्लो समय मेरी बास्सैले नयाँ विषय वस्तुमा  पुरानै स्वाद दिने प्रयास गरेको छ । यसका लागि पुरानै कलाकारहरु फर्काउने क्रम बढ्दो छ ।   केही हप्ता अघि मात्रै मेरी बास्सैमा मैयाँको पुर्नआगमन भएको छ ।उनको आगमनले मेरी बास्सैले पहिलेको झल्को त दिएको छ । तर उनको अभिनय पहिलेको भन्दा बिग्रिएको प्रतिक्रिया पनि दर्शकको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस