नायिका निरुता सिंहको आज जन्मदिन 

2018/09/26   मनोज

गफगाफ - चलचित्र क्षेकी कुनै बेलाकी व्यस्त मानिने नायिका हुन निरुता सिंह । उनको आज जन्मदिन परको छ । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् उनि । उनको जन्म विस २०२९ साल असोज १० गते भारतको, दार्जी्लिङमा भएको थियो । उनी विस २०५० सालमा मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिईन् । त्यस पछि उनले मनमन्दिर,दर्पण छयाँ, बन्धकी, दुई किनारा,दुख लगायत करिव ५० भन्दा धेरै चलचित्रमा अभिनय गरिन् ।

उनि कुनै समय महंगो पारिश्रमिक लिने नायिकाका रुपमा पनि चिनिन्थिन् । पछिल्लो समय भने उनि चलचित्र नगरीबाट बिलाइ सकेकी छन भन्दा फरक नपर्ला । नायिका निरुता यति बेला भारतको मुम्बइमा बस्दै आइरहेकी छन् । अब भने फेरी पनि नायिका निरुता सिंह नेपाली चलचित्र नगरीमै व्यस्त रहने मनस्थितीमा पुगेको देखिन्छ । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल ५’ प्रदर्शनमा आइसकेको छ । उनको उक्त चलचित्रमा थोरै रोल भए पनि पुनरागमन को संकेत भने सोहि चलचित्रले दिएको छ ।

निरुता सिंहलाई पछिल्लो समय राम्रा ब्यानरका चलचित्रबाट अफर आइरहेको छ । त्यसो त महजोडिले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’मा उनि मुख्य कलाकार रहने पक्का भइ सकेको छ । मंसिर १ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘दाल भात तरकारी’मा उनि वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकी श्रीमतिको भूमिकामा देखिन लागेको बुझिएको छ । निरुता चलचित्र ‘लभ स्टेशन’मा समेत फाइनल भइसकेको बताइएको छ । चलचित्र ‘लभ स्टेशन’ को छायांकन दार्जि्लिङ्ग र सिक्किममा हुने बुझिएको छ । खैर ढिलै भए पनि उनि नेपाली चलचित्र नगरीमै फर्किएकी नायिका निरुतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस