आर्यन र सृष्टीलाई ‘बाँध मायाले’ ले नजिक बनायो

गफगाफ - अभिनेता आर्यन अधिकारी र सृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा बाँध मायाले गत शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा हो । तर यो सिनेमाले अपेक्षाकृत कारोबार भने गर्न सकेन ।   सिनेमाले आर्यन र सृष्टीलाई भने मिल्ने साथी बनाईदियो । यहि सिनेमामा काम गरेपछि उनीहरु एकअर्काको निकट भएका छन् । सिनेमामा काम गर्ने क्रममा एकअर्कालाई राम्रोसँग चिन्ने र संगत गर्ने अवसर पाएको र आफूहरु एकअर्काको मिल्ने साथी भएको दुवै बताउँछन् ।अहिले उनीहरु इति निकट छन् कि एकअर्काको बारेमा तारिफ गरेरै थाक्दैनन्  ।

खासमा यो सिनेमालाई पनि राम्रो कारोबार गर्न सक्ने सम्भावना बोकेको सिनेमाको रुपमा हेरिएको थियो । तर योसँगै प्रदर्शनमा आएको अर्को सिनेमा   ईन्टुमिन्टु लण्डनमाले कारोबारमा उछिनेको छ । अझ अर्को अर्थमा सृष्टी र आर्यनको करिअरको लागि त यो सिनेमा सफल हुनै पर्ने थियो । किन भने आर्यनले काम गरेका यस अघिका दुई वटा सिनेमाले पनि खासै राम्रो कारोबार गर्न सकेका थिएनन् ।  एता सृष्टीको पनि यस अघि सिनेमा रोमियो एण्ड मुना असपल भएको थियो । एनको पहिलो सिनेमा गाजलु भने कारोबारमा सफल थियो । तर उनलाई खासै फाईदा गरेको देखिएन ।

सिनेमा जे भएपनि आर्यन र सृष्टी भने आगामी सिनेमाको तयारीमा जुटेका छन् । सृष्टी यतिबेला सौगात मल्लको अपोजिट  सिनेमा मासु भातको छायाकंनमा व्यस्त छिन् भने आर्यनले पनि अर्को सिनेमाको तयारीमा जुटेका छन् । यी दुईलाई आगामी सिनेमामा सफलताको शुभकामना ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस