Tuesday, 26 Oct
01:00:00

संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्दा धेरै सिकेँ : निशान

2018/09/26   मनोज

गफगाफ - म्यानहन्ट नेपाल २०१६ुका मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान गएको चैत २० गते बेलायतको लण्डनमा भएको ‘टप मोडल वर्ल्डवाइड २०१८’को टप टेनमा पुग्न सफल भएका छन् । टप टेनमा पुगेर बाहिरिएपनि उनको लगनशिलता देखेर आयोजक संस्थाले र्‍याम्पका लागि अप्रोज गरेको थियो । साढे ५ महिना लामो लण्डन बसाईपछि हालै नेपाल फर्किएका उनले पारिश्रमिक लिएर मात्र आफू र्‍याम्पमा उत्रिएको बताउँछन् । 

उनी भन्छन्, ‘टप मोडल वर्ल्डवाइड २०१८’ को उपाधि जित्छु भनेरै लण्डन गएको थिएँ तर त्यहाँ पुगेपछि आफूलाई अझै धेरै सिक्नु पर्ने महशुस गरेँ । र, धेरै कुरा सिकेर फर्किएको छु ।’ फिल्म ुपर्वु मा समेत काम गरेका उनले एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पनि बताए । 

सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९ बर्षिय बिरगञ्ज, पर्सा निवासी निशानले लण्डन जानुअघि काठमाण्डौमा नै रहेर आफ्नो मोडलिङ्ग करिअरलाई अगाडी बढाईरहेका थिए । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस