Tuesday, 26 Oct
01:00:00

नाना पाटेकरलाई यी अभिनेत्रीले लगाईन् यौनदुर्व्यवहारको आरोप

2018/09/26   gufgaf

गफगाफ - आशिक बनाया आपने, ढोल जस्ता सिनेमामा काम गरेकी अभिनेत्री  तनुश्री दत्तले सन् २००८ मा अभिनेता नाना पाटेकरलाई आफूमाथि यौन दुर्व्यवहार  गरेको आरोप लगाएकी थिईन् । १० वर्षपछि उनले फेरि एक पटक यो कुरा उठाएकी छिन् । तनुश्रीले यस बारेमा विस्तृत रुपमा मिडियालाई बताएकी छिन् । तनुश्रीका अनुसार  हर्न ओके प्लिज नामक सिनेमाको सेटमा  उनले जे जे सहिन् त्यसमा नानासँगै सिनेमाका निर्माता सामी  सिद्दीकी, निर्देशक राकेश सारंग र कोरियोग्राफर गणेश आचार्य पनि जिम्मेवार पनि थिए ।  

टिमका यी सबैले नानाको हर्कतलाई बेवास्ता गरेको तनुको आरोप छ । उनका अनुसार सिनेमाको सेटमा नाना पाटेकरको आवश्यकता थिएन । तर उनी कोरियोग्राफर गणेश लाई हटाएर आफै डान्स सिकाउन तम्सिए । नानाले सिनेमाको छायाकंनको पहिलो दिन देखि नै उनलाई दुर्व्यवहार गर्न शुरु गरेका थिए । पछि  उनले सिनेमाको स्क्रिप्टमै नभएको कुरा तनुसँग ईन्टिमेन्ट सिन गर्ने प्रस्ताव निर्मातालाई गरे । निर्माताले पनि नानाको यो कुरामा सहमती जनाए । तर जब यस बारेमा उनले निर्मातासँग कुरा गरिन् निर्माताले तनुलाई बेवास्ता गरे ।  किन भने उनी बलिवुडमा नयाँ थिईन् ।

तनुतर्फ आर्किषत भएकै कारण नानाले निर्मातासँग आफूले तनुसँग ईन्टिमेन्ट सिन गर्ने माग राखेका थिए । किनभने कन्ट्रयाकमा  सिनेमामा यस्तो सिन भएको कुरा उल्लेख गरिएको थिएन ।  तनुले बलिवुडमा कसैलाई दुर्व्यवहार गर्नु छ भने निर्माता निर्देशकलाई हिरोईनसँग ईन्टिमेन्ट सिन गर्नुपर्छ  भनिदिन्छन् । पछि सेटमा भएको यो सबै कुरा तनुका बुवाले    थाहा पाएपछि निर्मातासँग छोरी तनुले सिनेमामा ईन्टिमेन्ट सिन नगर्ने बताएका थिए । यो झमला पछि उनले सिनेमा छोडिन्   र सिनेमामा राखी सावन्तलाई राखिएको थियो ।

तनुले  अगाडि थप्दै नानाले त्यसबखत आफूलाई  यौन दुर्व्यवहार मात्रै गरेनन् राजनीतिक पार्टी एमएनएसलाई बोलाएर  गाडीमा तोडफोड पनि गरेको बताईन् । तोडफोड भईरहँदा निर्माताहरुले कुनै पनि सहयोग नगरेको तनुको भनाई छ । त्यसबखत उनको कारमा उनका आमा बुवा पनि थिए । यदि त्यहाँ समयमै पुलिस नआएको भए उनका आमा बुवाको ज्यान समेत जोखिममा थियो ।तनुले १० वर्षपछि यसरी पुरानो कुरा कोट्याएपछि नानाले के जवाफ देलान् सबैको पर्खाईको विषय बनेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस