> Gufgaf.com

रेडियो अडियो

एलिजाले दीपकको सिनेमा खेल्ने ?

2018/09/27   gufgaf

गफगाफ -अभिनेत्री एलिजा गौतमको निर्माण तथा अभिनय रहेको सिनेमा अनुराग यो शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । ऋषिराज धमलाको ब्यानरमा निर्माण भएको यहि सिनेमा मार्फत उनले डेब्यु गर्दैछिन् । एलिजा पहिलो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निकै नै नर्भस भएकी छिन् । उनलाई यो सिनेमा के होला ? कसो होला ? भन्ने डर छ । अहिले अनुराग सफल बनाउन प्रचारमा कुनै पनि कसर बाँकि राखिएको छैन । बुधबार मात्रै सिनेमाको   माईकिङ गरेर  काठमाण्डौ उपत्यकामा प्रचार गरिएको छ ।

तर यो सिनेमाको कारोबार जे जस्तो भएपनि उनी सिनेमा क्षेत्रमा निरन्तर अघि बढ्ने सोचमा छिन् ।  यो  सिनेमा असफल भएपनि आफूले फेरि अर्को सिनेमा निर्माण गरेर  राम्रो गर्ने र दर्शकको मन जित्न प्रयास गर्ने उनी बताउँछिन् ।   उता ऋषि धमला पनि उनको काममा साथ दिएर अघि बढेका छन् । उनले पनि यो सिनेमा असफल भएपनि एलिजाको लागि फेरि अर्को सिनेमा निर्माण गर्ने बताए । फर्सिनेटवर्ककको एक कार्यक्रममा बोल्दै उनले यो सिनेमा असफल भएपनि आफूले अर्को सिनेमा निर्माण गर्ने बताएका छन् ।

उनले एलिजाको लागि फेरि अर्को सिनेमा बनाउने कुरा गर्दा एलिजाले ऋषिराजको ब्यानर भन्दा बाहिर रहेर काम गर्छिन् कि गर्दिनन् भन्ने प्रश्न गरियो । यस प्रश्नको जवाफमा उनले एलिजाले दीपक राज गिरीको ब्यानरमा किाम गर्ने बताएका छन् ।उनले साच्चिकै एलिजाले दीपकराजको सिनेमा खेल्ने योजना भएर बताएका हुन् या यत्तिकै कुराकानीलाई रोचक बनाउन बताएका हुन् त्यो भने समयले नै बताउनेछ । तर शुक्रबार देखि प्रदर्शनमा आउन लागेको सिनेमा अनुरागलाई भने हाम्रो शुभकामना छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस