> Gufgaf.com

रेडियो अडियो

‘इन्टु मिन्टु लण्डनमा’ पछि ‘आई एम २१’

2018/09/27   gufgaf

गफगाफ - हाल सफल प्रदर्शन गरिरहेको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ । चलचित्रलै राम्रो प्रदर्शन गरिरहेको छ । सगै हालै मात्र चलचित्रले विदेश प्रदर्शन गर्ने निर्णय गरेको छ । निर्देशक रेनशा बान्तवा राइका अनुसार, चलचित्रले मंगलवार सम्ममा घरेलु बजारबाट ३ करोड ३० लाख ग्रस कलेक्सन गरिसकेको छ ।  यसै विच चलचित्र निर्माण टिमले ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा मनाएको छ । निर्माण टिमले पत्रकारहरुको साथमा केक काटेर खुसियली मनाएको हो । सक्सेस पार्टीमा निर्देशक रेनाशासँगै निर्माता प्रज्वल,  अभिनेता द्वय धिरज मगर र सारुक ताम्राकार उपस्थित हुदा चलचित्रकी अभिनेत्री साम्राज्ञी भने अनुपस्थित थिइन् ।

यसै विच सोहि चलचित्र निर्माण टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । चलचित्र सक्सेस पार्टिमा निर्माता प्रज्वलले सोहि व्यानरबाट निर्माण हुने दोस्रो चलचित्र ‘आई एम २१’ घोषणा गरे । चलचित्रका बाकी जानकारी भने केहि दिन पछि मात्र दिइने बताइएको छ । निर्माण हुन लागेको उक्त चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ का डेव्यु नायक धिरज मगर नै लिड रोलमा रहन सक्ने प्रवल सम्भावना रहेको निर्देशक रेनाशा वान्तवा राईले बताइन् ।

धिरज मगर सग चलचित्र निर्माण टिमले अन्य २ चलचित्रहरुमा सम्झौता गरिसकेको बताइएको छ ।  सोहि टिमले चलचित्रको निर्माण गर्ने भए पनि  अब बन्ने चलचित्रलाइ रेनाशाले नै निर्देशन गर्छिन् वा गर्दिनन् ? यसको औपचारिक घोषणा केहि समय पछि नै थाहा हुने बताइएको छ ।  निर्माण हुने चलचित्रको रिलिज भने अर्को वर्षको दशैंको आसपासमा गर्न सक्ने बताइएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 

 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस