प्रदीपको ‘रोजी’ भयो ‘रोज’

2018/09/11   Tek

गफगाफ- भदौ २२ गतेबाट प्रदर्शनमा आउने लागेको सिनेमा ‘रोजी’को नाम परिवर्तन गरिएको छ । सिनेमाको ‘रोजी’ नाम परिवर्तन गरेर नयाँ नाम ‘रोज’ राखिएको छ ।
बिहिबार चलचित्र विकास बोर्डमा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैया महर्जनबीच भएको बार्ताले सिनेमाको नाम ‘रोज’ राख्ने निर्णय लिएको हो ।

साथै यो सिनेमा सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता पनि भएको छ ।
काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग सिनेमाको नाम मिलेको भन्दै पटक–पटक नाम परिवर्तनका लागि दबाब दिएका थिए ।

सिनेमाको नाम परिवर्तन भईसकेपछि भने रोजीको परिवारले सिनेमाको प्रदर्शनमा कुनै बाधा नगर्ने भन्दै निर्माण पक्ष ढुक्क भएको छ ।
गोपिकृष्ण मूभिजको व्यानरमा निर्माण भएको यस सिनेमालाई निरक पौडेलले निर्देशन गरेका हुन् । सिनेमामा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकार मुख्य भूमिकामा छन् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस