आकाशको ‘ड्रिम गर्ल’ अब मंसिर ७ गते

2018/09/27   gufgaf

गफगाफ - अन्य चलचित्रहरु बाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकले चलचित्र सुदर्शन थापा निर्देशित चलचित्र रामकाहानी मा भने राम्रै रुचाए । चलचित्रले औषत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’। चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचिको रिलिज डेट सारेको छ । अब आकाशको चलचित्र पर्खिएर बसेका दर्शकहरुले उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’ हेर्नका निम्ति मंसिर ७ गते सम्म पर्खिनु पर्ने भएको छ । 

यस अघि पनि चलचित्र युनिटले असार २६ गते बाट सारेर असोज १९ गते पुर्याएको थियो । उनि अभिनित चलचित्र रामकाहानीको प्रदर्शन केहि हप्ता अघि मात्र भएको र तत्कालै आकाश अभिनित अर्को चलचित्र रिलिज गर्दा व्यापारमा उतार चडाप हुन सक्ने कुरालाई मध्यनजर गर्दै रिलिज डेट सारिएको निर्माण टिमले बताएको छ । तर मंसिर ७ गते भने जस्तै समस्या भए पनि चलचित्र रिलिज गर्ने बताइएको छ ।

चलचित्र ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय रहेको छ । आकाश र आश्मा को अलावा चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको मुख्य भुमिका देख्न सकिन्छ । राहुल राईले खिचेको चिलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । चलचित्रका  सम्पादक नवीन निरौला हुन् । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्रको निर्माण , अर्जुन शर्मा, ऋषिराज आचार्य र  रामेश्वर घितालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।  आरबि मुभीजको ब्यानरमा बनेको चलचित्र काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको हो । 


 
मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस