हेमराजले निर्माण गर्ने चलचित्रमा प्रदिप पक्का

गफगाफ - निर्देशक हेमराज विसीले निर्माण गर्न लागेको चलचित्रमा अभिनता प्रदिप खड्काले अभिनय गर्ने पक्का भएको छ । केही दिन अगाडि मात्र निर्देशक हेमराज र अभिनेता प्रदिप बीच कागजी सम्झौता भएको बुझिएको छ । हेमराजको चलचित्रको अधिकांश छायंकन फ्रान्सम ागर्न लागेको बुझिएको छ । चलचित्रको नाम भने अहिले नै टुंगो नलागेको निर्देशक बिसीले बताएका छन् । चलचित्रको औपचारिक घोषणा चाडे गर्ने तयारी भइरहेको र सोहि कार्यक्रममा चलचित्र बारे सम्पुर्ण जानकारी दिइने बताइएको छ । चलचत्रको मुख्य नायकमा प्रदिप रहने पक्का भइसके पनि नायिकाको टुंगो भने लागिसकेको छैन । अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भने भइरहेको बताइएको छ ।

 उनि पनि सो चलचित्रमा अभिनयका निम्ति सकारात्मक रहेको बुझिएको छ । यसअघि प्रदीपले अभिनय गर्ने भनिएको चलचित्र ’भैरवी’ मा पनि उनलाई अफर गरिएको थियो । तर उनले सो चलचित्रमा अभिनय गर्न नभ्याउने बताएकी थिइन् । पछिल्लो समय  चलचित्र ’भैरवी’ बाट प्रदिप पनि आउट भइसकेको चलचित्र नगरीमा हल्ला छ । यध्यपी यस्को यस्को औपचारिक घोषणा भने भइसकेको छैन । यता प्रदिपले अभिनय गर्न लागेको चलचित्र ’लभ स्टेशन’ मा समेत सुरुमा सम्राज्ञीलाई नै अफर गरेको बताइएको थियो तर उनले उक्त चलचित्रमा समेत काम नगर्ने बताएकी थिइन् । 

हेमराज विसीले अनमोल केसीलाई चलचित्र’होस्टेल’ बाट डेब्यु गराएका थिए । उनले पछिल्लो समयका चर्चित युवा स्टार प्रदीप खड्कालाई लिएर पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । निर्देशक बिसीका अनुसार, बैशाखबाट चलचित्रको छायांकन सुरु हुनेछ । ’अहिले स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको बताइएको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस