Tuesday, 26 Oct
01:00:00

नालापानी’ को टिजर रिलिज[ भिडियो]

2018/09/27   gufgaf

गफगाफ - भिएफएक्सको अधिक प्रयोग भएको फिल्म ‘नालापानी’ को अफिसियल टिजर लञ्च भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो । 

सो फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।पद्मा कुमारी फिल्मस प्रा।ली। र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । 

बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा। डा।धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ । ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह(निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस