
>
गफगाफ - गत बर्षको भदौ २२ गते प्रदर्शनमा आएको हेमराज बि सी निर्देशित फिल्म 'ग्याङ्गस्टार ब्लुज' ले दर्शकको खासै मन जित्न सफल भएको थिएन । सफल निर्देशक हेमराज बि सी निर्देशित फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री आना शर्माको मुख्य अभिनय रहेको थियो । फिल्मलाई लिएर जुन हिसाबले अनुमान गरिएको थियो त्यो हिसाबले दर्शक मन जित्न भने सकेको थिएन । फिल्मले असफल फिल्मको रुपमा चर्चा समेत पाएको थियो । फिल्म प्रदर्शन हुनु अघि फिल्मका मुख्य नायक-नायिका आयुष्मान देशराज जोशी र आना शर्माको जोडीको जुन चर्चा भएको थियो फिल्म प्रदर्शन भएपछि चर्चा सेलाएको थियो । फिल्मले न त राम्रो ब्यापार नै गर्न सकेको थियो न त दर्शकको मन जित्ननै सकेको थियो ।
हलमा फिल्म प्रदर्शन भएको करिब एक बर्ष पछि अर्थात् केहिदिन अगाडी मात्र युटुबमा सार्बजनिक भएको छ । सार्बजनिक भएको ३ दिनमानै फिल्मले १४ लाख भन्दा बढी भियुज प्राप्त गरिसकेको फिल्मले युटुब ट्रेन्डिङ नम्बर १ मा परेको छ । फिल्मले युटुबमा मिश्रित कमेन्ट प्राप्त गरेको छ । फिल्मले २१ हजार भन्दा बढी ळाआईईख प्राप्त गर्दा १ बराबर डिशलाईक प्राप्त गरेको छ । फिल्मले ३३ सय भन्दा बढी कमेन्ट प्राप्त गर्दा हलमा असफल भए पनि भियुजका आधारमा भने फिल्म युटुबमा हिट भएको अनुमान लगाउन सकिन्छ ।
फिल्मले युटुबमा सार्बजनिक भएको केहि दिनमा नै ट्रेन्डिङ नम्बर एक मा बसेर हिट त भयो तर दर्शकहरुले सकारात्मक कमेन्ट भन्दा बढी नकारत्मक कमेन्टहरु आएका छन् । सकारत्मक कमेन्टमा त फिल्म राम्रो छ, नायक-नायिकाको जोडी राम्रो छ भन्ने खालको प्रतिक्रिया आएका छन् । तर उता नकारत्मक प्रतिक्रियाहरुमा फिल्म बकवास छ, हिन्दी फिल्मको चोरी गरिएको जस्तो लाग्यो, कलाकारहरुको अभिनय मन परेन, फिल्मको कथा झुर छ लगायतका धेरै नकारात्मक कमेन्टहरु आएका छन् ।
राम्रा भनिएका चलचित्र कर्मीका फिल्महरुले यो खालको सज्ञा पाउनाले नेपाली चलचित्र को भबिष्य कस्तो होला भन्ने कुरा पनि दर्शाएको छ । चलचित्र 'ग्याङ्गस्टार ब्लुज' त प्रतिनिधि नाम मात्र हो । 'ग्याङ्गस्टार ब्लुज' समग्रमा एक दर्शकको हिसाबले हेर्ने हो भने राम्रै बनेको पनि छ । तर दर्शक रुचाईको हिसाबले किन असफल भयो भन्ने कुराले भने अलि फरक पारेको छ । यस्ता थुप्रै फिल्महरु छन् जसलाई प्रदर्शनका क्रममा हलमा त दर्शकको राम्रो प्रतिक्रिया आएन नै य़ूटुबमा समेत नकारात्मक प्रतिक्रिया आएका छन् । तसर्थपनि चलचित्र कर्मी हरुले गहन भएर सोच्ने दिन आएको होइन र ?
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस