चलचित्र ‘छिरिङ्ग’को प्रिमियर सो मा छक्का पञ्जा टिम

2018/09/28   gufgaf

गफगाफ -चलचित्र‘छिरिङ्ग’ युनिटले चलचित्र रिलिजको एक दिन अघि प्रिमियर सोको आयोजना गरेको छ । चलचित्र युनिटले प्रत्रकार तथा चलचित्र क्षेत्रकै केहि विशिष्ट व्यक्तित्वहरुलाई निम्त्याएर चलचित्रको प्रिमियर सो आयोजना गरेको हो । चलचित्र ‘छिरिङ्ग’ हेर्नका निम्ति दशैको घटस्थापनाका दिनकाट रिलिज हुने तयारीमा रहेको चलचित्र छक्का पञ्जा ३ को युनिटको विषेश उपस्थिती थियो । चलचित्रकी निर्देश दिपाश्री निरौला, कार्यकारी निर्माता तथा कलाकार जितु नेपाल,केदार घिमिरे कलाकार शिवहरी पौडेल,यमन श्रेष्ठ लगायतको उपस्थितीले चलचित्र ‘छिरिङ्ग’को प्रिमियर सो लाई भव्य बनाएको थियो ।

 चलचित्रमा गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका साथमा कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रले हिजो मात्र प्रिमियर सो को आयोजना गरेको थियो । सो बाट राम्रै वर्ड अफ माउथ पाएका कारण गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बा उत्साहित छन् । उपल्लो मुस्ताङको कथा बस्तु लाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा को प्रस्तुतिकरण गर्छ ।

अविकसीत गाँउका कारण आइ पर्ने भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तुमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र ‘छिरिङ्ग’मा यश कुमारको निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस