फ्राइडे रिलिज आजबाट ‘कथा काठमाण्डु’‘अनुराग’ र ‘छिरिङ्ग’

2018/09/28   gufgaf

गफगाफ -  यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तिन चलचित्रहरु फ्लोरमा आएका छन् । आजबाट रिलिज भएका ३ चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ्ग । चलचित्र ‘कथा काठमाण्डु’लाई ‘अनुराग’ र ‘छिरिङ्ग’ को तुलनामा केहि विशेष रुपमा हेरिएको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना  दुबै भयो । 

तर आलोचनाहरुलाइ ख्याल नगरि आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको प्रियंका उल्लेख गरेकी थिइन् । ‘कथा काठमाण्डु’मा महिला हिंसा, लागू औषत दुव्र्यसनी, जवरजस्ती करणी लगायतका कुराहरुबारे सन्देश दिने प्रयास गरिएको बताइएको छ । चलचित्र ‘कथा काठमाण्डु’मा संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथा लाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । विजय राईको लगानी रहेको चलचित्र आज बाट अल नेपाल प्रदर्शनमा आएको छ । 

यस्तै आजै बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुराग पनि यति बेला चर्चा मै छ । ‘अनुराग’ को आधिकारिक ट्रेलर सार्वजनिक भए सगै चलचित्र चर्चामा आएको थियो । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यु गरेका छन् । एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 
एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।

 चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुंगको शब्द रहेका छन् । चलचित्रमा एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोगाफी,  शान थापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भेटुवालले निर्माण गरेकी हुन् । यो चलचित्रले विषेश त पत्रकार ऋषि धमलाका कारण पनि राम्रै चर्चा पाएको छ । असोज १२ गते अर्थात आजै बाट प्रदर्शनमा आएको तेस्रो चलचित्र हो ‘छिरिङ्ग’ । चलचित्र गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका कारण चर्चामा छ  ।

चलचित्रमा गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका साथमा कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रले हिजो मात्र प्रिमियर सो को आयोजना गरेको थियो । सो बाट राम्रै वर्ड अफ माउथ पाएका कारण गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बा उत्साहित छन् । उपल्लो मुस्ताङको कथा बस्तु लाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा को प्रस्तुतिकरण गर्छ । अविकसीत गाँउका कारण आइ पर्ने भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तुमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र ‘छिरिङ्ग’मा यश कुमारको निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस