Tuesday, 26 Oct
01:00:00

‘बकम्फुसे राजा’मा वर्षाको राजा दयाहाङ

2018/09/28   gufgaf

गफगाफ - छांयकन अघि नै चर्चामा आएको चलचित्र हो ‘बकम्फुसे राजा’ । केहि समय अघि चलचित्र क्षेत्रका २ नायिका वर्षा राउत र वर्षा सिवाकोटिका कारण यो चलचित्रको चर्चा भएको थियो । चलचित्र नगरीमा २ वर्षाको बेला बेलामा जुहारी चलिरहन्छ । एक वर्षाले छाडेको चलचित्रमा अर्की वर्षाले काम गर्न स्विकार गर्ने गरेको उदाहरण धेरै आइ सकेका छन् । उनि हरु दुइ बिचको सम्वन्धमा समेत पानी बारावार भएको चर्चा बेला बेलामा हुने गरेको छ । तर यस चलचित्रको चर्चा भने एक ले छाड्ने र अर्कीले लिने भनेर चलेको थिएन । 

दुबै अभिनेत्रीलाई एउटै चलचित्रमा अभिनयका निम्ति अफर गरिएको बताइएको थियो । यसको चर्चा त्यति बेला झन चुलियो जुन बेला दुबै अभिनेत्री चलचित्र ‘बकम्फुसे राजा’ मा अभिनय गर्न तयार रहेको खवर बाहिरियो । तर अन्त त फेरी पनि पुरानै केश दोहोरियो चलचित्र बाट वर्षा सिवाकोटिले हात झिकिसकेको बताएको छ । तर अभिनेत्री वर्षा राउत भने चलचित्रका निम्ति पक्का भइसकेकी छिन । ‘बकम्फुसे राजा’को मुख्य भुमिकामा दयाहाङ राई र वर्षा राउतले जोडी बाँध्ने बताइएको छ । केहि समय अघि एक अन्तरर्वातामा कुरा गर्दै बर्षाले दयाहाङ सग अभिनय गर्न मन भएको बताएकी थिइन् । वर्षाको यो रहर पनि ‘चलचित्र बकम्फुसे राजा’ ले पुरा गरिदिने भएको छ ।

रंगपत्रकार प्रकाश सुवेदीको डेव्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा अझै कलाकारको छनौट भै रहेको बताइएको छ । ‘बकम्पुसे राजा’मा निर्देशक सुवेदीले दयाहाङलाई मंहगो रकममा अनुबन्धित गरेको बताइन्छ । चलचित्रमा अभिनयका निम्ति एक नयाँ नायकको खोजी भइरहेको बताइएको छ  । चलचित्रको निर्माण गणेश सुवेदीले गर्न लागेका हुन् । ‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी भइरहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको हैदरावादमा गरिनेछ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस