Tuesday, 26 Oct
01:00:00

बलात्कार र बाल विवाहको कथा बोल्ने चलचित्र ‘मालिका’

2018/09/29   gufgaf

गफगाफ - चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन् भने चलचित्रको मुख्य भुमिकामा पनि  रेखा थापा सोयम छिन् । चलचित्रले मधेशी समुदायमा हुने  बाल विवाह, बलात्कार लगायतको कथा बोल्ने बताइएको छ ।

 

ट्रेलरमा अभिनेत्री रेखा थापा र कमला वलीलाई विशेष रुपले प्रस्तुत गर्ने प्रयास गरिएको छ । ट्रेलरमा नारी माथिको अत्याचार र उसले त्यस विरुद्ध लिएको एक्सन लाई देखाउने प्रयास गरिएको छ । ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ ।  चलचित्र  कात्तिक १६ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘मालिका’रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रको निर्माताका रुपमा भने रेखाकी आमा सरस्वती थापा छिन् ।

पछिल्लो समय अन्य व्यानरका चलचित्र बाट पर हटेकी रेखा आफ्नै व्यानरमा चलचित्र निर्माण गर्दै आएकी छिन् । दर्शकले पनि रेखाले बनाएको चलचित्रलाई रामै्र साथ दिने गरेका छन् । रेखा थापा चलचित्र’हिम्मतवाली’ पछि पुनः निर्देशनमा फर्किएकी छिन् ।

 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस