Tuesday, 26 Oct
01:00:00

फिल्मको प्रचारका लागि दीपासँगै दीपकले पनि काट्न थाले रिबन

2018/09/30   gufgaf

 गफगाफ - निर्देशक दीपाश्री निरौला र कलाकार दीपकराज गिरी यतिबेला छक्का पञ्जा ३ को प्रचारमा जुटेका छन् । असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रचारमा निर्माण पक्षले कुनै पनि कसर बाँकी नराख्ने भएको छ । यहि कारण त प्राय उद्घाटनहरुम नहिड्ने दीपक एकपछि अर्को पसल उद्घाटनमा दौडिन थालेका छन् ।  यस अघि प्राय पसलहरु उद्घाटन गर्न दीपाश्री एक्लै जाने गरेकी थिईन् । तर दीपक यतिबेला भने सिनेमाको प्रचार प्रसारको लागि भन्दै समय निकालेर, मन लगाएर पसल उद्घाटनामा पुगिरहेका छन् ।

गत शुक्रबार र शनिबार दीपकले लगातार दीपासँग दुईवटा पसल उद्घाटन गरेका छन् ।  दीपक र दीपाले शनिबार काठमाण्डौको सिटी सेन्टरमा खोलिएको निल डेविट शैलुनको नयाँ शाखा उद्घाटन गरेका छन् । उद्घाटनको लागि तयार भएका दीपा र दीपकको लुक्सले पनि चर्चा पाएको छ । यी दुई निकै नै आकर्षक लुक्सका साथ साखा उद्घाटनमा पुगेका थिए । सार्वजनिक तस्बिरमा पनि दीपक र दीपा झन् भन्दा झन् योङ देखिँदै गएको प्रतिकृया धेरैले दिएका छन् ।

निल डेबिटको यो ६४ औँ शाखा हो । यस अघि निल डेविट शैलुन भारतमा पनि उद्घाटन गरिसकिएको छ । भारतको नयाँ दिल्लीमा खोलिएको निल डेविट शैलुन उद्घाटनमा अभिनेत्री विपना थापा पुगेकी थिईन् । त्यस्तै सिनेमाको प्रचारलाई नै सहयोग पुग्ने हिसाबले यी दुईले  शुक्रबार काठमाण्डौको मैतिदेवीमा खोलिएको  केकेएफसी रेष्टुरेण्ट पनि रिबन काटेर उद्घाटन गरे ।
काठमाण्डौको पिपुल्स प्लाजा पछि केकेएफसीको  नयाँ शाखा मैतिदेवीमा सञ्चालनमा ल्याईएको हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस