साप्ताहिक फिल्मी अपडेट

फ्राइडे रिलिज : ‘कथा काठमाण्डु’ ‘अनुराग’ र ‘छिरिङ’ प्रदर्शनमा

गफगाफ - यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन चलचित्रहरु फ्लोरमा आएका छन् । आजबाट रिलिज भएका तीन चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ । चलचित्र ‘कथा काठमाण्डु’लाई ‘अनुराग’ र ‘छिरिङ्ग’को तुलनामा केही विशेष रुपमा हेरिएको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना दुबै भयो । 

तर आलोचनालाई ख्याल नगरि आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको प्रियंकाले उल्लेख गरेकी थिइन् । ‘कथा काठमाण्डु’ मा महिला हिंसा, लागूऔषद दुव्र्यसनी, जबरजस्ती करणीलगायतका कुराहरुबारे सन्देश दिने प्रयास गरिएको बताइएको छ । चलचित्र ‘कथा काठमाण्डु’ मा संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । विजय राईको लगानी रहेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । 

यस्तै आजैबाट प्रदर्शनमाआएको अर्को चलचित्रहो अनुराग । पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र अनुराग पनि यति बेलाचर्चा मै छ । ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिक भए सँगै चलचित्र चर्चामा आएको थियो । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यू गरेका छन् । एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 

एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुङको शब्द रहेका छन् । चलचित्रमा एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोग्राफी,  शानथापा र विजय बस्यालको पब्लिसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भेटुवालले निर्माण गरेकी हुन् । यो चलचित्रले विषेश त पत्रकार ऋषि धमलाका कारण पनि राम्रै चर्चा पाएको छ । आजैबाट प्रदर्शनमा आएको तेस्रो चलचित्र हो ‘छिरिङ’ । चलचित्र गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका कारण चर्चामा छ  । चलचित्रमा गायक तथा नायक द्वय यशकुमार र निमा रुम्बाका साथ कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रले हिजो मात्र प्रिमियर सो को आयोजना गरेको थियो । सोबाट राम्रै वर्ड अफ माउथ पाएका कारण गायक तथा नायक यशकुमार र निमा रुम्बा उत्साहित छन् ।

उपल्लो मुस्ताङको कथावस्तुलाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपति प्रथाको कथाको प्रस्तुतिकरण गर्छ । अविकसीत गाउँका कारण आइ पर्ने भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथा वस्तुमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘छिरिङ’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र ‘छिरिङ्ग’मा यश कुमारको निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशकुमार र याम थापाले मिलेर लेखेका हुन् ।

 

‘बकम्फुसे राजा’मा वर्षाको राजा दयाहाङ

छायाँकंन अघि नै चर्चामा आएको चलचित्र हो ‘बकम्फुसे राजा’ । केही समय अघि चलचित्र क्षेत्रका २ नायिका वर्षा राउत र वर्षा सिवाकोटीका कारण यो चलचित्रको चर्चा भएको थियो । चलचित्र नगरीमा दुई वर्षाको बेला–बेलामा जुहारी चलिरहन्छ । एक वर्षाले छाडेको चलचित्रमा अर्की वर्षाले काम गर्न स्वीकार गर्ने गरेको उदाहरण धेरै आइसकेका छन् । उनीहरु दुईबीचको सम्बन्धमा समेत पानी बाराबार भएको चर्चा बेला–बेलामा हुने गरेको छ । तर यस चलचित्रको चर्चा भने एकले छाड्ने र अर्कीले लिने भनेर चलेको थिएन । दुवै अभिनेत्रीलाई एउटै चलचित्रमा अभिनयका निम्ती अफर गरिएको बताइएको थियो । यसको चर्चा त्यति बेला झन चुलियो जुन बेला दुवै अभिनेत्री चलचित्र ‘बकम्फुसे राजा’ मा अभिनय गर्न तयार रहेको खबर बाहिरियो । तर अन्ततः फेरि पनि पुरानै काण्ड दोहोरियो ।

चलचित्रबाट वर्षा सिवाकोटीले हात झिकिसकेको बताइएको छ । तर अभिनेत्री वर्षा राउत भने चलचित्रका लागि पक्का भइसकेकी छिन् । ‘बकम्फुसे राजा’को मुख्य भूमिकामा दयाहाङ राई र वर्षा राउतले जोडी बाँध्ने बताइएको छ । केही समयअघि एक अन्तर्वार्तामा वर्षाले दयाहाङसँग अभिनय गर्न मन भएको बताएकी थिइन् । वर्षाको यो रहर पनि ‘चलचित्र बकम्फुसे राजा’ ले पूरा गरिदिने भएको छ ।रंगपत्रकार प्रकाश सुवेदीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा अझै कलाकारको छनौट भैरहेको बताइएको छ । ‘बकम्पुसे राजा’मा निर्देशक सुवेदीले दयाहाङलाई मंहगो रकममा अनुबन्धित गरेको बताइन्छ । चलचित्रमा अभिनयका निम्ती एक नयाँ नायकको खोजी भइरहेको बताइएको छ  । चलचित्रको निर्माण गणेश सुवेदीले गर्न लागेका हुन् ।‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी भइरहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको हैदराबादमा गरिनेछ । 

 

‘इन्टु मिन्टु लण्डनमा’ काे टिमले नयाँ चलचित्र ‘आईएम २१’ बनाउने

इन्टु मिन्टु लण्डनमा’ अहिले सफल प्रदर्शन गरिरहेको छ ।हालै मात्र यस चलचित्रले विदेशमा प्रदर्शन गर्ने निर्णय गरेको छ । निर्देशक रेनशा बान्तवा राइका अनुसार चलचित्रले मंगलबारसम्ममा घरेलु बजारबाट ३ करोड ३० लाख ग्रस कलेक्सन गरिसकेको छ । यसैबीच चलचित्र निर्माण टिमले ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टी मनाएको छ । निर्माण टिमले पत्रकारहरुको साथमा केक काटेर खुसियली मनाएको हो । सक्सेस पार्टीमा निर्देशक रेनाशासँगै निर्माता प्रज्वल, अभिनेताद्वय धिरज मगर र सारुक ताम्राकार उपस्थित थिए भने चलचित्रकी अभिनेत्री साम्राज्ञी भने अनुपस्थित थिइन् ।

यसैबीच चलचित्र निर्माण टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । चलचित्र सक्सेस पार्टिमा निर्माता प्रज्वलले सोहि ब्यानरबाट निर्माण हुने दोस्रो चलचित्र ‘आईएम २१’ घोषणा गरे । चलचित्रको बारेमा बाँकी जानकारी भने केही दिनपछि मात्र दिइने बताइएको छ । निर्माण हुन लागेको चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ का डेव्यु नायक धिरज मगर नै लिड रोलमा रहन सक्ने प्रबल सम्भावना रहेको निर्देशक रेनशा वान्तवा राईले बताइन् ।धिरज मगरसँग चलचित्र निर्माण टिमले अन्य २ चलचित्रहरुका लागि सम्झौता गरिसकेको बताइएको छ ।  यही टिमले चलचित्रको निर्माण गर्ने भए पनि अब बन्ने चलचित्रलाई रेनशाले नै निर्देशन गर्छिन् वा गर्दिनन् भन्ने कुराको औपचारिक जानकारी केही समयपछि मात्रै थाहा हुने बताइएको छ । निर्माण हुने चलचित्रको रिलिज भने अर्को वर्षको दशैंको आसपासमा गर्नसक्ने बताइएको छ । 

 

बलात्कार र बालविवाहको कथा बोल्ने चलचित्र ‘मालीका’

चलचित्र ‘मालीका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन् भने चलचित्रको मुख्य भूमिकामा पनि रेखा थापा स्वयम छिन् । चलचित्रले नेपाली समुदायमा हुने  बालविवाह, बढ्दो बलात्कारका घटनाका कथा बोल्ने बताइएको छ ।  ट्रेलरमा अभिनेत्री रेखा थापा र कमला वलीलाई विशेष रुपले प्रस्तुत गर्ने प्रयास गरिएको छ । ट्रेलरमा नारीमाथिको अत्याचार र उसले त्यसविरुद्ध लिएको बदलालाई देखाउने प्रयास गरिएको छ । ट्रेलर रेखाको एक्सन र डायलगबाट भरिपूर्ण छ । 

चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘मालीका’रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रको निर्माताका रुपमा भने रेखाकी आमा सरस्वती थापा छिन् ।पछिल्लो समय अन्य ब्यानरका चलचित्रबाट पर हटेकी रेखा आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्दै आएकी छिन् । दर्शकले पनि रेखाले बनाएको चलचित्रलाई रामै्र साथ दिने गरेका छन् । रेखा थापा चलचित्र ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा फर्किएकी छिन् ।

 

केकी र रीमालाई ‘सरकारी जागिर’

नेपाली चलचित्र बजारमा चलचित्र बन्ने नबन्ने टुंगो नहुँदै मिडियामा छाउने गरेका उदाहरण हरु प्रशस्तै छन् । अझ एउटा चलचित्र निर्माण गर्यो हलमा राम्रो सँग चल्न नपाउँदै अर्को चलचित्रको घोषणा गर्ने गरेको पाइन्छ । तर त्यो चलचित्रकहिले बन्ने या नबन्ने अत्तोपत्तो हुन्न । तर त्यही भीडमा यस्ता ब्यानरहरु पनि छन् जसले बाहिर प्रचार नै नगरी चलचित्रको छायाँकन गर्ने गरेका छन् । यसैगरी छायाँकन भएको एउटा चलचित्र हो सरकारी जागिर ।

‘सरकारी जागिर’ हाल गुपचुप रुपमा छायाँकन भइरहेको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा मुख्य कलाकारका रुपमा देखिन लागेको बुझिएको छ । यी दुवै अभिनेत्रीले चलचित्र ‘स्वर’ मार्फत एकसाथ चलचित्र नगरीमा डेब्यु गरेका थिए । यी दुवै अभिनेत्री फेरि एकपटक सँगै देखिने भएका छन् । अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रमा केकी र रीमासँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको बुझिएको छ । 

चलचित्रमा नेपालको परिवेशमा सरकारी जागिरमा लागेपछि जीवनमाआइपर्ने पारिवारिक र सामाजिक अवस्थाहरुलाई चलचित्रको कथाका रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्र यसै वर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारीका साथ छायाँकन भइरहेको बुझिएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस