Tuesday, 26 Oct
01:00:00

बोक्सी उद्योगसँगै सानो वृत्तमा कमिलाहरु

2018/10/01   gufgaf

गफगाफ - शिल्पी थियटर बत्तिसपुतलीमा यतिबेला सानो बृत्तमा कमिलाहरु नामक नाटक मञ्चन भईरहेको छ ।  नेदरल्याण्डका रंगकर्मी लिमा रोडले निर्देशन गरेको यो नाटकको असोज १० गतेदेखि मञ्चन शुरु भएको हो भने असोजको २० गतेसम्म मञ्चन हुनेछ । नाटक  सानो बृत्तमा कमिलाहरु आशु रचनामा आधारित प्रयोगले भरिएको  नाटक हो ।   अष्ट्रियन नाटककार पिटर  ह्याङकेको नाटक दि आवर वि नो नथिङ  अफ ईच अदर  नाटकको शैलीलाई पछ्याउँदै यो नाटक तयार  गरिएको हो ।

यो नाटक ह्याङकेको नाटकबाट प्रभावित नाटक हो ।  ६० मिनेट लामो यो नाटक सडकमा घटित छ  ।  एकअर्कालाई चिने जस्तो लाग्ने अपरिचितहरु बीचको पहिचानको खोजी र विभिन्न घटनाहरुलाई क्रमभङग गरेर यात्रुहरुले दृश्य निर्माण गर्छन् ।  यस नाटकमा अभिनय गर्ने शिल्पीका नवौँ  सत्रका विद्यार्थीहरुले नाटकलाई  यहाँसम्म ल्याईपुर्याउन निकै नै मेहनत गरेका छन् ।  नाटकमा आशिम खनाल,  अवतार पाठक,  दिपशिखा दवाडी,  गोविन्द वली, मन्जरी दवाडी, मोहन  प्रकाश, नागेन माखिम,  रबिन परियार, शैलेन्द्र थेवे,  पेस्ला कटुवाल, निशिम श्रेष्ठ, शारदा गिरी,  सुमित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

उता कुञ्ज थियटर थापागाउँ नयाँ बानेश्वरमा बोक्सी उद्योग  नामक नाटक मञ्चन भईरहेको छ ।  प्रभाकर देव शर्माको निर्देशन रहेको यस नाटकलाई रामकुमार एलनले लेखेका हुन् ।  असोज  ५ गतेदेखि मञ्चन शुरु भएको यस नाटक असोजको २० गतेसम्म मन्चन हुने्छ ।  यो नाटक आईतबार बाहेक अन्य बार दिउँसो १ बजे र साँझ ५ बजे मन्चन हुनेछ  । यस नाटकमा  केसी राजा,  टार्जन दाहाल,  पदम घिमिरे, बालानन्द मैनाली,  नितु पौडेल,  नमस्ते दिवाकर घिमिरे,  दीपिका थापा,  अल्बिना न्यौपाने,  विकास शर्मा, प्रमिसा राई, किरण रेग्मी,  ऋषिकेश बस्याल, रोयल राया, प्रलाप राई लगायतका कलाकारको अभिनय रहेको छ ।  नेपालको  सामाजिक बिसंगतीलाई केन्द्रमा राखेर यो नाटक तयार पारिएको हो ।  

नेपाली समाजमा बोक्सीका नाममा भएका जघन्य अपराधहरुलाई  किन  कसले,  कस्तो नियतले,  कसरी  दर्दनाक रुपमा घटाईरहेका छन् भन्ने कुरा यस नाटकमा समावेश गरिएको छ ।  २१ औँ शताब्दीमा पनि बोक्सी प्रथा  किन उद्योग जसरी सञ्चालन भईरहेको छ ? भन्ने कुराको खोजी यो नाटकले प्रस्तुत गरेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस