Tuesday, 26 Oct
01:00:00

प्यारमोटर पछि चितवनका सरोज प्रजाले निर्माण गरे इयर बोट, भयो आर्थिक अभाब 

2018/10/01   gufgaf

गफगाफ -  स्वदेशमै केहि गर्न सकिएन भन्ने अभिप्राय दिनहु हजारौ युवाहरु विदेश पलायन भैरहेका छन् । कतिपय बिदेशिएका युबाहरु विदेश आएर पनि केहि गर्न सकिएन भन्ने सोचले स्वदेशमै फर्किएर केहि गर्नुपर्छ भनेर देशमै केहि गरिरहेका छन् । नेपालमै बसेर केहि गर्न सकिएन भनेर चितवन राप्ति नगरपालिका गड्यौलीका सरोज प्रजा पनि बैदेशिक रोजगारका लागि साउदी समेत गएका थिए । साउदीमामा ५ महिना मात्र बसेका सरोज नेपालीहरुले भोग्नु परेको दुख देखेर नेपाल फर्केर नेपालमै केहि गर्छु भनेर २८ दिन जेल सजाय काटेर नेपाल फर्कीएका थिए । नेपाल फर्केर केहि समय राजधानीको एक ग्यारेजमा मेकानिकको रुपमा काम समेत गरेका थिए । 

केहि समयको अनुभब पछि सरोजमा घर फर्केरनै केहि गर्नुपर्छ भन्ने धारणा आएपछि सरोज घर फर्किएका हुन् । घर फर्किएपछि सरोजले प्यारामोटर निर्माण गरे, जसले गर्दा उनको निकै चर्चा समेत भएको थियो । प्यारामोटर बनाएर उनले गत बर्षको अन्तिम महिना चैतमा चितवनकै आकाशमा उडाएर परिक्षण समेत गरिसकेका छन् । प्यारामोटरको सफल परिक्षण गरेपछि सरोज सामजिक संजालहरुमा ,एका-एक छाएका समेत थिए । देश-विदेशमा सरोजको राम्रै चर्चा समेत भएको थियो । केहि मात्रामा सरोजलाई सहयोग समेत आयो, जसले गर्दा सरोजमा झन् केहि गर्नुपर्छ भन्ने धाराणाका साथ काम गरिरहेका छन् । 

सरोजले प्यारमोटर पछि मिनी इयर क्राफ्ट पनि निर्माण गरे, यध्यपि आर्थिक सँगै सामान अभाबका कारण निरन्तरता भने दिन सकेनन् । मिनी इयर क्राफ्टलाई बिचमै छोडेर सरोजले इयर बोट निर्माण गरिरहेका छन् । ६ जना सम्मको सिट क्षमता भएको बोट हावाको बेगले चल्ने बताएका छन् । २१ बर्षीय सरोजले इन्जिन अभाबका कारणले अगाडी निर्माण गरेको प्यारामोटरको इन्जिन नै इयर बोटमा राख्न बाध्य भएको बताएका छन् । केहि दिनमा नै नेपालकै गहिरो नदि नारायणीमा परिक्षण गर्न लागिरहेको सरोजले गफगाफ डट कमलाई बताएका छन् ।

केहि महिना अगाडीमात्र  एक लाख नगद सहित राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित भएका सरोज एक सामान्य परिवारका हुन् । लगभग एक बर्ष भित्रमा ३ भिन्न चिज निर्माण गरिसकेका सरोज आर्थिक सहयोग पाएमा आगामी दिनमा अन्य सामान हरु पनि निर्माण गर्ने योजनामा रहेको बताएका छन् । तसर्थपनि सरोकारवाला निकाएहरुले देशमै बसेर केहि गर्छु भन्ने युबालाई आर्थिक सहयोग गर्नुपर्ने देखिएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस