अनुराग हेर्न दर्शक देखि पुर्वप्रधानमन्त्री सम्म

2018/10/01   gufgaf

गफगाफ - पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुराग यति बेला प्रदर्शनमा छ । चलचित्र अनुरागलाई सगै आएका २ चलचित्रहरुको तुलनामा केहि विशेष रुपले हेरिएको छ । यसका कारण हुन पत्रकार ऋषि धमला । उनि विभिन्न कारणले चर्चामा आइरहने व्यक्तित्व हुन् । र यति बेला एक पट उनि फेरी चर्चामा छन् । उनकी धर्म पत्नी एलिजा गौतमले अभिनय गरेको चलचित्र अनुराग यति बेला प्रदर्शनमा छ । पत्रकार ऋषि धमलाले आफुलाई अब चलचित्रका निर्माताका रुपमा समेत उभ्याएका छन् । उनि चलचित्र हेर्नका निम्ति आएका दर्शकलाइ प्रोत्साहन दिन दिन रात नभनी खटिएका छन् । 

चलचित्र अनुराग हेर्नका निम्ति एक एक दर्शकलाई अनुरोध गरिरहेका छन् । सनिवार हामी काठमाण्डौको कुमारी सिनेमा हलमा पुग्यौ । निर्माता ऋषि धमला सोहि हलमा भेटिए । उनि टिकट घर अघि उभिएका थिए । जब दर्शक टिकट काट्नमा निम्ति आउथे उनि अघि २ हात जोरेर नमस्कार गर्थे अनि चलचित्र अनुराग हेर्न अनुरोध गर्थे । घरबाट अर्कै चलचित्र हेर्ने मनस्थिती बनाएर आएका दर्शकलाई समेत चलचित्र अनुरागको टिकट कटाइरहेका थिए । चलचित्र हेर्न आएका धृरै दर्शक उनलाइ नै नियाली रहेका थिए । कतिपयले उनको यो व्यवहारलाई हासोका रुपमा उडाइ रहेका थिए । जसले जसरी सोचुन तर उनले प्रस्तुत गरेका दृष्यहरुले चलचित्र हेर्न आएका दर्शकलाई चलचित्र भवनमा पस्न अघि राम्रै मनोरञ्जन भएको थियो । 

हुन त ऋषि धमला विभिन्न राजनितिज्ञ हरुसग राम्रै लिंक भएका पत्रकारका रुपमा चिनिन्छन् । त्यसैले पनि होल चलचित्र अनुराग हेर्नका निम्ति पुर्व प्रधान मन्त्री देखि विभिन्न मन्त्रीहरु समेत हल सम्म आएका थिए ।  पुर्व प्रधान मन्त्री झलनाथ खनाल, उपशभामुख डा शिब माया तुम्वाहांफे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा लगायतका राजनितिज्ञ हरुले चलचित्र हेरेर सकारात्मक टिप्पर्णी दिएका थिए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस