
>
गफगाफ - यो शुक्रबार एक साथ तीनवटा सिनेमा प्रदर्शनमा आए । प्रदर्शनमा आएका सिनेमा मध्ये अनुराग र कथा काठमाण्डौले औषत कारोबार गरिरहेका छन् । उता गत साता देखि प्रदर्शनमा आएको सिनेमा ईन्टु मिन्टु लण्डनमा केही हलहरुमा दोस्रो साता पनि हाउसफूल रहेको छ । यो साता रिलिज भएका सिनेमाको कुरा गर्ने हो भने सिनेमा छिरिङ अन्य दुईवटा सिनेमाको तुलनामा कारोबारमा पछि परेको छ । यो सिनेमाले राम्रो कारोबार नगर्नुमा मिडियाको मुख्य भूमिका रहेको सिनेमाका निर्देशक तथा कलाकार यश कुमारले बताएका छन् । उनले आईतबार गफगाफसँग कुराकानी गर्दै आफूलाई मिडियाको कत्तिपनि सपोर्ट नभएको बताएका छन् ।
खासमा शुक्रबार सिनेमाको प्रिमियर गरिएको थियो । यश कुमारका अनुसार प्रिमियरमा झण्डै २ सय जति मिडियाकर्मीको उपस्थिती थियो । त्यहाँ आएका सबैले सिनेमाको बारेमा सिनेमाका कलाकारहरुसँग बाईट पनि लिए । तर कसैले पनि सार्वजनिक गरिदिएनन् । यसरी खिचिसकेको भिडियो पनि सार्वजनिक नगरीदिँदा यश कुमारको चित्त दुखेको छ ।
गफगाफ डटकमसँग कुराकानी गर्दै उनले आफूलाई मिडियाको सपोर्ट नभएको गुनासो गरेका छन् । उनले भने, ‘मिडियाको पनि गु्रुप हुने रहेछ । जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ त्यसलाई मात्र सपोर्ट गर्ने । हैन भने अरुलाई सपोर्ट नगर्ने रहेछन् ।’
मिडियाले प्रचार गरेको खण्डमा मात्रै दर्शक पनि हलसम्म सिनेमा हेर्न आउँछन् । यस हिसाबले छिरिङलाई मिडियाको सपोर्ट नभएका कारण कारोबारमा पछि परेको यश कुमारको भनाई छ ।अहिले सम्म जतिले पनि सिनेमा हेरेका छन् सबैले सिनेमा राम्रो भएको प्रतिकृया दिएका छन् । यसले भने यश कुमारलाई केही राहत दिएको छ । देशभरका ६० वटा हलमा प्रदर्शन शुरु गरेको छिरिङलाई यश कुमारले झण्डै २ करोडको लगानीमा निर्माण गरेका हुन् । अब यो सिनेमाले नेपालबाट लगानी उठाउन सक्ने सम्भावना कम देखिएको छ । उता विदेशको कुरा गर्ने हो भने पनि नेपालमा राम्रो चलेको सिनेमालाई मात्र विदेशमा माग गरिने गरिएको छ ।
यस हिसाबले ‘छिरिङ’ले लगानी उठाउन धौ धौ पर्ने देखिएको छ । सिनेमालाई दर्शकको खासै साथ नमिलेपछि यश कुमारले नेपालमा राम्रो सिनेमा बनाएर नचल्ने प्रतिकृया दिएका छन् ।
यो सिनेमाले हिमाली प्रदेशको जीवन शैलीलाई देखाएको छ । सिनेमामा अमेरिकामा बसेर फर्केर बसेको युवाले गाउँको विकास गर्न चाहन्छ । यहि विषयमा सिनेमा घुमेको छ । यस सिनेमामा यश कुमार, निमा रुम्बा, कामना भुजेलको मुख्य भूमिका रहेको छ ।
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस