
>
गफगाफ - चलचित्र गुनगुन कात्र्तिक ३० गते बाट अल नेपाल प्रदर्शनमा आउने पक्का भएको छ । चलचित्र युनिटले एक कार्यक्रमका बिच रिलिज डेट घोषणा सगै चलचित्रको पोष्टर समेत सार्वजनिक गरेको छ । चलचित्र पुकार भट्टराईको निर्देशनमा तयार पारिएको हो । चलचित्र क्षेत्रमा लामो समय बिताए पनि पुकारले चलचित्र गुनगुन बाट निर्देशनमा डेव्यु गरेका हुन् ।
चलचित्रको पोष्टरमा चलचित्रमा अभिनित मुख्य कलाकारहरुलाई नै समेट्ने प्रयास गरिएको निर्देशक भट्टराइको भनाई थियो । चलचित्र गुनगुनमा नायिका संचिता लुइटेल, सुवास मेचे, नविन श्रेष्ठ,रविन प्रताप सेन्,देशभक्त खनाल,राधा दाहाल लगायत निर्देशक भट्टराइको समेत मुख्य अभिनय देख्न सकिन्छ । चलचित्रमा हिमाल केसीको द्धन्द र सौरभ लामाको छायांकनमा निर्माण भएको चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । चलचित्र प्राथना फिल्म्सको व्यानरमा निर्माण भएको हो ।
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस