Tuesday, 26 Oct
01:00:00

कपूर खानदानलाई मातृ शोक, रबिनाले लेखिन् एक युग अन्त्य भो

2018/10/01   gufgaf

गफगाफ - बलिवुड सिनेमाका शो म्यान राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएको छ ।  सोमबार बिहान ८७ वर्षको उमेरमा कृष्णाको निधन भएको हो ।  बलिवुड अभिनेत्री रबिना टण्डनले कृष्णालाई श्रद्धान्जली दिँदै एक युगको अन्त्य भएको भनेर ट्विट गरेकी छिन् । कृष्णा लामो समय देखि बिरामी थिईन् ।  सन् १०४६ मा राज कपूरसँग विवाह गरेकी कृष्णका ३ वटा छोरा रणधीर कपूर, ऋषि कपूर  र राजिव  कपूर छन्  भने दुई छोरी ऋतु र रीमा छन् ।   उनका छोराहरु पनि बलिवुड सिनेमाका सफल कलाकार हुन् ।

त्यस्तै पछिल्लो समयका सफल अभिनेता तथा अभिनेत्री रणवीर कपूर, करिना कपूर, करिष्मा कपूर कृष्णाका नाती नातीनी हुन् । कपूर खानदानलाई शोक परेसँगै पूरा बलिवुडले नै श्रद्धान्जली दिईरहेको छ । अहिलेसम्म रबिना टण्डन, रिद्धिमा कपूर, आमिर खान, अनुपम खेर फराहा खान लगायतले उनलाई ट्विटरमार्फत श्रदान्जली दिएका छन् । अभिनेता राज कपूरको ३० वर्ष अघि ६३ वर्षको उमेरमा सन् १९८८ मा निधन भएको थियो ।  

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस