
>
गफगाफ - पछिल्लो समय नायिका प्रियंका कार्की र उनका हुने वाला श्रीमान अर्थात नायक आयुष्मान देशराज जोशी बेला बेलामा चर्चामा आउने गरेका छन् । उनिहरुको टिकोटालो भइसकेको छ । विवाह भने अर्को वर्ष अर्थात २०७६ मा गर्ने बताउदै आएका छन् उनिहरु । यि दुवैले अभिनय गरेको चलचित्र कथा काठमाण्डौ यतिबेला प्रदर्शनमा छ । चलचित्रमा दुवैले अभिनय गरेको भए पनि उनिहरुको जोडि भने अर्कै छन् ।
चलचित्रमा अभिनेता प्रमोद अग्रहरी सँग दिएको बोल्ड सिनले प्रियंकाले विभिन्न आरोप प्रत्यारोपहरुको सामना गर्नु परेको थियो । यो जोडिले चलचित्र चंगाचेटमा पनि सगै काम गरेको छ । यसै बिच प्रियंका र आयुष्मानको जोडिलाई चलचित्र राधा २ मा पनि देखिने पक्का भएको छ । अभिनेत्री प्रियंकाले चलचित्र राधा २ का निम्ति पहिले नै लिखित सम्झौता गरिसकेकी थिइन् । तर आयुष्मानलाई भने पछि अनुबन्धित गरिएको बुझिएको छ । उनि संग पनि लिखित सम्झौता नै भइसकेको बताइएको छ ।
चलचित्र राधा २ को निर्देशन योगेश घिमिरेले गर्ने बुझिएको छ । सुरुवातमा अन्य अभिनेताको खोजी नगरेको हैन तर यस रोलका मिम्ति आयुष्मान लाई नै सुट गर्ने भएकाले उनिलाई नै लिइएको हो निर्देशक घिमिरेको भनाई थियो । म्युजिकल लभस्टोरीको जनरामा निर्माण हुन लागेको चलचित्र राधकै सिक्वेलका रुपमा बनाउन लागिएको हो । यस अघिको चलचित्र राधामा अभिनेता जिवन लुइटेल र संचित लुइटेलले रोमान्स गरेका थिए । चलचित्रको छायंकन कार्तिक ८ गतेबाट सुरु गर्ने तयारी भइरहेको छ ।
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस