Tuesday, 26 Oct
01:00:00

अन्तिम समयमा लभस्टेशनबाट निरुताले झिकिन हात् 

2018/10/02   gufgaf

गफगाफ - नयिका निरुता सिंह लामो समय पछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । यसको सुरुवात चलचित्र नाई नभन्नु ल ५ बाट भई सकेको छ । त्यस पछि उनि महजोडीको चलचित्र दाल भात तरकारीमा देखिने पक्का भइसकेको छ । उनि चलचित्र दाल भात तरकारी मा वरिष्ट हास्य कलाकार हरिवंश आचार्यको जोडीका रुपमा देखिने बताइएको छ । 

यसै बिच चलचित्र लभस्टेशनमा पनि उनि देखिने पक्का भइसकेको थियो,तर अन्तिम समयमा आएर नायिका निरुताले चलचित्र लभस्टेशनमा अभिनय नगर्ने प्रतिकृया दिएकी छिन् । चलचित्रको छायंकन शुक्रबार बाट सुरु भई सकेको छ । अन्तिम समयमा आएर निरुताले लिएको निर्णयले आफुहरुलाई आस्चर्यमा पारेको बताएको छ ।
 
नायिका निरुताले भने आफ्नो बाबुको स्वस्थ्यमा अचानक समस्या आइपरेको र अस्पताल भर्ना गर्नु पर्ने भए पछि अफुले यो निर्णय लिएको बताइकी छिन् । मलाई चलचित्र लभस्टेशनमा आभिनय गर्ने इच्छा थियो तर बाबाको स्वस्थ्य भन्दा ठुलो चलचित्र हैन निरुताको भनाई थियो । निरुताले मंसिर १ गते बाट छायंकन सुरु हुने चलचित्र दाल भात तरकारीमा भने अभिनय गर्ने बताइन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस