चलचित्र अनुराग : कथामा अब्बल,प्रतुतीमा कमजोर

गफगाफ - यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तिन चलचित्रहरु फ्लोरमा आए । शुक्रवार रिलिज भएका ३ चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ्ग । ३ चलचित्र मध्य विशेष रुपले हेरिएको चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुरागले प्रदर्शन अघि राम्रै चर्चा पाएको थियो । कसैले  ऋषि धमलाको नाम सग जोडेर चर्चा गरे त कसैले उनि श्रिमती एलिजा गौतमको । जे यस्ता चर्चाले पनि चलचित्र चलाउनका निम्ति केहि हद सम्म सहज भएको छ निर्माता ऋषि धमलालाई ।  

हुन त ‘अनुराग’ को आधिकारिक ट्रेलर सार्वजनिक भए सगै चलचित्र चर्चामा आएको थियो । यति बेला चलचित्र फ्लोरमा छ । चलचित्रमा अधिकांश नयाँ अनुहार छन् भने केहि पुराना कलाकारहरुको अभिनय छ ।  गीत संगीत प्रति मोह राख्ने व्यक्तिहरुलाई चलचित्र बिशेष लाग्न सक्छ । चलचित्रको कथा वस्तुले पनि गीत संगीतमा रुचि राख्ने व्यक्तिहरुकै कथा बोलेको छ । चलचित्रमा जति राम्रा पक्ष छन् त्यति नै सुधार गर्न आवस्यक कुराहरु पनि प्रसस्तै छन् । चलचित्रको सुरु चलचित्रका डेव्यु नायक समुन्द्र पण्डित जसको चलचित्रमा नाम राग हुन्छ । चलचित्रको सुरुवात पनि उनि बाटै हुन्छ ।

 आकाशबाट मुसलधारे पानी परिरहेको हुन्छ । मुसलधारे पानी मै राग रुझिरहेका हुन्छन् । साथमा गितार बोकेका छन् । उनलाइ हेर्दा लाग्छ उनि निकै पिडामा छन् । चलचित्रको सुरुवात उत्यन्तै उत्कृष्ट ढंगबाट गरिएको छ । चलचित्रमा बालापनको प्रेमलाइ पनि झल्काउने प्रयास गरिएको छ । चलचित्र नाइ नभन्नु ल ५ हेरेको मानिसले यदि चलचित्र अनुराग हेर्यो भने केहि खल्लो महशुस गर्न सक्छ । यसको मत्लब हामीले नाइ नभन्नु ल ५ सग अनुराग दाज्न खोजेको हैन तर दुबै चलचित्रमा बालापनको प्रेम झल्काइएको छ ।

 तर अनुरागमा अभिनय गरेका बालबालिका हरुको अभिनयमा अझै निखारता ल्याउन आवस्यक देखिन्छ । यदि थोरै अभिनय मात्र भएको भए दर्शकले त्यो पचाउन सजिलो हुन्थ्यो तर चलचित्र अनुरागमा अभिनय गरेका ३ बालबालिका अनु, राग र  प्रेम पहिलो हापमा इनिहरुकै वरिपरी कथा घुमेको छ । अनु एक सम्पन्न परिवारकी छोरी हुन् । तर राग र प्रेम भने बिना बाबु आमाका सन्तान हुन्छन् उनिहरु बाल आश्रममै हुर्किएका छन् । राग ले सुमधुर स्वरमा गाएको गीत सुनेर अनु मोहित हुन्छिन् । र उनिहरुको भेट यस्तै गरि हुन्छ । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यु गरेका छन् । यदि एलिजाले चलचित्र क्षेत्रमा नै आफुलाई अघि बढाउने सोच राखेकी छन् भने समुन्द्र पण्डित को तुलनामा एलिजा गौतमले अझै धेरै सिक्न आवस्यक छ । आफुलाई निखार्न आवस्यक छ ।

चलचित्रको कथा उत्कृष्ट छ तर त्यहि कथाको प्रस्तुतीकरणमा भने प्रसस्तै कमी कमजोरीहरु देखिएका छन् । हुन त निर्देशक सत्यराज चौलागाईँले यसै चलचित्र बाट निर्देशनमा डेव्यु गरेका हुन् तर उनि साना साना कुरामा चुकेका छन् । कति पय स्थानका संवादहरुमा सुधार गर्नु पर्ने देखिन्छ । चलचित्रमा अभिनय गरेका नया कलाकारहरुमा परिपक्कता देखिएको छैन । यस्ता सबै कुराहरुलाई विर्सेर कथालाई ध्यान दिने हो भने चलचित्रले उत्कृष्ट प्रेमभाव प्रस्तुत गर्ने प्रयास गरेको छ । बाल्यकालमै बसेको मायाँ शरिर जति नै टाढा भए पनि मन कहिले टाढा हुदैन भन्ने सन्देश दिएको छ । राजाराम पौडेलको कमेडीले चलचित्रलाई मसला थप्ने काम गरेको छ । एउटा रुमालमा मानिसको ज्यान अड्कीएको हुन्छ भन्ने सन्देश चलचित्रले प्रस्तुत गरेको छ ।
 चलचित्रकी नायिका अनु अर्थात एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

चलचित्रको समग्र कथाबस्तुलाइ हेर्दा समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् । समुन्द्रलाई गायक बनाउनमा एलिजाको भुमिका महत्व पुर्ण हुन्छ । तर दुवै जना एक अर्कालाई चाहान्छन् तर कथाले यस्तो मोड लिन्छ एलिजा अर्थात अनु उनी  रागकहाँ संगीत सिक्ने बहानामा पुग्छिन् । तर उनले आफ्नो परिचय दिन सक्दिनन् । र उनलाइ रागले पनि चन्न सक्दैनन् । के अव उनिहरुको मिलन होला त ?  एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुंगको शब्द रहेका छन् । चलचित्रमा एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोगाफी,  शान थापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भटुवालले निर्माण गरेकी हुन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस