Tuesday, 26 Oct
01:00:00

चौथो कीर्तिपुर महोत्सव २०७५ असोज १७  देखि २७ गते सम्म

2018/10/02   gufgaf

गफगाफ - नेपालीहरुको  महान चाड बडा दशैँ नजिकिदै गरेको अबस्थामा संस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा चौथो कीर्तिपुर महोत्सव २०७५ यहि असोज १७ गते बुधवारदेखि असोज २७ गते शनिबार सम्म किर्तिपुरको नया बजार खेलकुद मैदानमा हुने भएको छ  िसधै सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नया बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा उक्त चौथो कीर्तिपुर महोत्सव २०७५ आयोजना गर्न लागेको हो 

किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य  सन्दिप महतले दिए  िमहोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताएका छन् । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।

मेलामा एक सय पचास भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ 

तेस्रो किर्तिपुर महोत्सव २०७५ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए, साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान पनि गरेका छन्  िऔधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा  बिनोद जैसवालको संयुक्त कमिटिले उक्त चौथो कीर्तिपुर महोत्सव २०७५ को सम्पूर्ण व्यस्थापन गर्ने समेत जानकारी गराईएको छ 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस