७७ लागे भजन शिरोमणी भक्तराज

गफगाफ - आज असोज १६ गते भजन शिरोमणी भक्तराज आचार्यको जन्मदिन परेको छ । व्रिकम सम्वत १९९९ साल असोज १६ गते जन्मेका भक्तराज आचार्य आज देखि ७७ वर्षमा प्रवेश गरेका छन् । भक्तराज गायकका साथै संगीतकार पनि हुन् । अन्य गीतको तुलनामा भजन बढी गाएका उनले भजनशिरोमणीको उपाधी पनि पाएका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौँ, हजार सपना, माया मेरी साँझ बनी, जीवन भन्नु त, यहाँ जिन्दगीले  लगायत सयौँ गीतहरुमा आवाज दिएका भक्तराज आचार्यले संगीत क्षेत्रमा ठूलो योग दान दिएका छन् । आफ्नो १६ वर्षे सांगीतिक करिअरमा उनले झण्डै ५ सय गीतमा आवाज दिईसकेका छन् । यदि उनले जीवनमा बाँकी रहेका अन्य दिनहरुमा पनि गीत गाउने अवसर पाएका भए उनका गीतको सङखय यतिमा मात्रै सिमित हुने थिएनन् ।


स्वर्ण पदक देखि छिन्नलता पुरस्कार
भक्तराजले विक्रम सम्वत २०३० सालमा काठमाण्डौमा  भएको अधिराज्य व्यापी राष्ट्रिय गीत प्रतियोगितामा स्वर्ण पदक हात पारे । उनले त्यस बखत गाएको होसियार बोलको गीत मार्फत गीतका रचनाकार तथा संगीतकार अमर गुरुङले पनि स्वर्ण पदक पाएका थिए ।संगीतमा योगदान पुर्याएका कारण उनी गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार,  राष्ट्रिय प्रतिभा पुरस्कार, ईमेज लाईफ टाईम अवार्ड लगायत दर्जनौँ अवार्डले सम्मानित भईसकेका छन् ।

२०४६ सालको त्यो  कालो दिन
भक्त राज आचार्यको जीवनमा एउटा यस्तो घटना घट्यो जसको उनले कल्पना पनि गरेका थिएनन् ।  व्रिकम सम्वत २०४६ सालमा उनीमाथि सांघातिक हमला भयो । जसले उनको आवाज नै छिन्यो । त्यो घटना पछि उनको गायन यात्रामा पूर्ण विराम नै लाग्यो । विक्रम सम्वत २०४६ सालको मंसिर १९ गते उनको जीवनको कालो दिन बन्यो । त्यो दिन उनीमाथि काठमाडौंको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट मा सांघातिक आक्रमण भयो । आक्रमणका कारण उनको टाउकोमा मात्रै सयजति टाँका लगाइएको थियो । आक्रमणमा परेर घाईते भएका उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर उनको १२ दिनसम्म अप्रेसन हुन सकेन । कविर गीतकार राममणि रिसालले अति नै अनुनय गरेपछि बल्ल डा. उपेन्द्र देवकोटाले उनको अप्रेसन गरेका थिए ।

उक्त अप्रेसनपछि उनी निको त भए तर जिब्रोमा अचानक  सेतो दाग देखियो जसले उनलाई क्यान्सरको रोगी बनाइसकेको थियो । अन्तत २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा क्यान्सरग्रस्त उनको जिब्रो काटियो । त्यसको ६ वर्षपछि कनकमणि दीक्षित र जर्मनीका लागि तत्कालीन नेपाली राजदूत नोबलकिशोर राईको पहलमा जर्मनीमा उनको जिब्रो प्रत्यारोपण गरियो । उनको जिब्रो प्रत्यारोपण त भयो तर उही पुरानो लय, सुर र तालमा गायक बनेर उनी फर्कन सकेनन् । भक्तराज अहिले त्यहि प्रत्यारोपण गरिएको जिब्रोको कारण दोहोरो कुराकानी गर्छन् । संगीतमा निरन्तर काम गर्न नपाएपनि उनले नेपाली संगीत क्षेत्रलाई सत्य–स्वरूपजस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन् । सत्य स्वरुप निरन्तर रुपमा संगीतमा अघि बढेका छन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस