Tuesday, 26 Oct
01:00:00

छक्का पञ्जा ३ सगै डियर जिन्दगी पनि घटस्थापना बाटै

2018/10/02   gufgaf

गफगाफ - टेलि चलचित्र डियर जिन्दगीको ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतलाई जनक दिप पराजुलीले लेखेका हुन् । जुनु गौतम र विल्सन श्रेष्ठको स्वरमा रहेको उक्त गीतको संगीत डिजे एलेक्स ले गरेका हुन् ।  टेलि चलचित्र डियर जिन्दगी घटस्थापनाका दिनबाट हरेक बुधवार नेपाल टेलिभिजन बाट प्रसारण हुने बताइएको छ ।

उक्त टेलि चलचित्रमा कि इन्टरटेन्टमेन्टको प्रस्तुति रहने छ भने पिएनपी मिडियाले टेलि चलचित्रको प्रोडक्सन गर्ने छ । टेलि चलचित्र डियर जिन्दगीलाई दीप पराजुलीले निर्देशन गर्ने छन् । टेलि चलचित्र डियर जिन्दगीमा सुनिल थापा,पुस्करजंग थापा,सुस्मा कार्की,अर्जुन गौतम,श्रेया कार्की, रामकृष्ण बिसी, सुरेश काफ्ले,वसन्त पोखरेल, सुवास पराजुली,एलिना खनाल डीबी बम्जन लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ ।

 टेलिचलचित्रको मुख्य सहायक निर्देशक बसन्त पोखरेल हुन् । उक्त टेलिचलचित्रको लेखन समेत बसन्त पोखरेलले गर्ने छन् भने छायंकन जीवन पराजुलीको रहने छ । टेलि चलचित्र डियर जिन्दगीको सम्पादन धुर्ब राज पराजुलीले गर्ने बताइएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस