Tuesday, 26 Oct
01:00:00

यस्तो छ छक्का पञ्जा ३ को दशै गीत

2018/10/02   gufgaf

फनफनी घुमेको रोटे पिङ
छक्का पञ्जा ३ घटस्थापना कै दिन

चलचित्र छक्का पञ्जा ३ युनिटले चलचित्र प्रमोसनका निम्ति तयार गरेको प्यारोडी गीत हो यो ।

यति बेला सर्वाधिक चर्चामा रहेको चलचित्र हो छक्का पञ्जा ३ । छक्का पञ्जा ३ ले विभिन्न शैली अपनाएर चलचित्रको प्रचार प्रसार गरिरहेको छ । यसै बिच चलचित्र युनिटले प्रचारात्मक शैलीमा प्यारोडी गीत रिलिज गरेको छ । छक्का पञ्जा ३ मा समाबेश भएको पहिलो नम्वरमा बोलको गीतको संगीतमै उक्त गीत तयार पारिएको हो ।  गीतलाई बृद्ध देखी बालक सम्मले रुचाउने शैलीका निर्माण गरिएको छ । गीतको स्थायी भागमा पहिलो नम्वरमा का गायक डेबिड शंकर कै स्वर रहेको छ भने संगीत दिपक शर्माले गरेका हुन् । दिपक राज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले उक्त गीतमा निकै आर्कष ढंगबाट र्याप हानेका छन् । 
यस अघि दर्शकका निम्ति रमाइला चलचित्र दिएर हसाएका थियौे, छक्का पञ्जा ३ ले भने रमाइलो सँगै सन्देश समेत दिएको चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्रले नयाँ सन्देश दिने उनको भनाइ थियो ।


रिलिज डेट नजिकिदै जादा अफुहरु दर्शकको मायाँ पाउनेमा विश्वस्त रहेको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले बताए । हाम्रा निम्ति दर्शक भगवान हुन् ,र दर्शककै निम्ति हामीले मेहेनत गरेका छौ दिपकको भनाई थियो । चलचित्र घटस्थापना का दिन अर्थाता असोज २४ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघिका चलचित्र बाट पाएको सफलताले चलचित्र युनिट उत्साहित छ । दर्शकले हामीलाई विश्वास गरेका छन् र चलचित्र छक्का पञ्जा ३ ले त्यो विश्वासलाई अझ बलियो बनाउने छ । चलचित्रका कार्यकारी निमार्ता केदार घिमिरेको भनाई थियो । अर्का कार्यबारी निर्माता जितु नेपाल भन्छन् कन्टेन्ट,कमेडी, अभिनय लगायत सबै कुरालाई मध्यनजर गरेर चलचित्र निर्माण गरेका छौ । 

चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गीरी,केदार घिमिरे,जितु नेपाल, दीपिका प्रसार्इँ, बुद्धि तामाङ,विल्सन विक्रम राई लगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । चलचित्रमा प्रियंका कार्की,वर्षा राउत,स्वस्तिमा खड्का,सन्जोग कोइराला लगायतका कलाकारहरुको समेत विशेष अभिनय रहेको छ । चलचित्रमा समाबेश २ वटा गीतहरु यति बेला निकै चर्चामा छन् । चलचित्रको पहिलो गीत पहिलो नम्वरमा ले छोटो समयमा नै युटुवमा १ करोड भिउ कटाएको थियो । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस