Tuesday, 26 Oct
01:00:00

परिवारले छुटाउने प्रयास गर्दा उडेर विवाह गरेको जोडी

2018/10/03   gufgaf

गफगाफ - गायिका टिका प्रसाई लामो समयको संघर्ष पछि चर्चामा आईन् । पछिल्लो समय उनलाई सेल्फीको जमाना, नाई मलाई था छैन, लुकी लुकी जस्ता गीतहरुले चर्चामा ल्याएका छन् । उनलाई यो सफलता मिल्नुमा उनका श्रीमान लेखराज गुरुङको ठूलो भूमिका छ । लेखराज पनि गायक नै हुन् । तर उनले आफ्नो भन्दा पनि टिकाको आवाजमा धेरै सम्भावना देखेर  टिकालाई  नै अगाडि बढ्न साथ दिए । उनले टिकालाई कलाकारिताको हरेक कदममा साथ दिँदै आएका छन् ।  यहि कारण त टिकाले विवाह पछि पनि कलाकारितालाई निरन्तरता दिईन् । लाई विवाह पछि पनि निरनत्र रुपमा संगीतमा लाग्न सहज भयो ।

पहिलो भेट
पहिलो पटक २०६१ सालमा नेपाल टेलिभिजनले आयोजना गरेको अन्ताक्षरी कार्यक्रमका क्रममा यी दुईको भेट भएको हो । उनीहरु एकअर्कासँग झण्डै एक वर्ष जति रिलेशनमा रहे । उनीहरु एकअर्कालाई ईमान्दार र सबै कुराहरु बुझ्ने भएका कारण जीवनसाथी रोजेको बताउँछन् । कामको सिलसिलामा भेट भईरहने भएपनि टिकालाई लेखराजले मन पराउने कुरा थाहा पाउनै झण्डै २ वर्ष लाग्यो । तर लेखराजले माया गर्ने कुरा थाहा पाएको एक वर्षमा नै उनीहरुको विवाह भयो । यो जोडीले २०६४ सालमा विवाह गरेको हो ।

उडेर विवाह !
यी दुईको विवाह प्रसंग निकै चाख लाग्दो छ । एकअर्काको प्रेममा त परे । तर विवाहको लागि परिवार मनाउन भने गाह्रो भयो । यी दुई एक अर्काको प्रेममा भएको कुरा थाहा पाएपछि टिकाको परिवारले छुटाउने प्रयास पनि गरेको थियो । तर उनीहरुले आफ्नो प्रेमलाई  विवाहमा परिणत गरेरै छाडे । प्रेम पछि एकअर्काको जात नमिल्ने भएपछि उनीहरुले भागी विवाह  गरे । लेखराज भने ठट्टा गर्दै आफूहरुले भागेर भन्दा पनि उडेर विवाह गरेको बताउँछन् । आफू गुरुङ भएका कारण बाहुनको घरमा छोरी माग्न जाने आँट  लेखराजमा आएन । किन भने उनी समाजको डरले पनि बाहुनको छोरी गुरुङलाई नदिनेमा ढुक्क थिए । यहि कारण टिकाको पटक पटकको आग्रहपछि पनि उनी टिकालाई माग्न गएनन् । अन्तत उनीहरुले भागी विवाह नै गरे ।  

क्रान्तीकारी सोचकी टिका
समाजमा भएका केही कुराहरु प्रिवर्तन गर्नु पर्ने भन्दै आफूमा क्रान्तीकारी सोच भएको बताउँछिन् टिका  । उनले यहि सोच परिवर्तनको लागि नै आफूले यसरी अन्तरजातिय विवाह गरेको बताईन् । टिकालाई त लेखराजलाई चिनेको डेढ वर्षसम्म पनि लेखराज गुरुङ हुन् भन्ने थाहा थिएन । आफूलाई जातभातको मतलब नहुने भएका कारण नै उनले थरको बारेमा चासो नदिएको बताईन् ।अहिले यो जोडी ८ वर्षका एक छोराको मातापिता बनिसकेको छ । प्रस्तुत छ पिरतीमा गरेको रमाईलो  भिडियो कुराकानी ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस