पहिलो पटक देख्ना साथ मलाई रिंकु मन पार्यो - यमन श्रेष्ठ

गफगाफ - कलाकार यमन श्रेष्ठ वरिष्ट हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । लामो समयको अमेरिका बसाइ पछि उनि नेपाल फर्किएर कला क्षत्रमै रमि रहेका छन् । केहि समय अघि टेलिचलचित्र खाश खुशको लेखन तथा अभिनय गर्दै आएका थिए तर खाश खुश यति बेला बन्द छ । उनि कला क्षेत्रबाट टाढा हुन नसक्ने बताउदै  अर्को टेलिचलचित्रको तयारीमा लागेका छन् । उनिद्धारा अभिनित चलचित्र छक्का पञ्जा ३ पनि प्रदर्शनको तयारीमा छ । चलचित्र घटस्थापनाका दिन बाट अल नेपाल प्रदर्शनमा आउदै छ आज हामीले उनै कलाकार यमन श्रेष्ठ सग कुराकानी गरेका छौ । 

 

  • स्वागत छ तपाइलाई 

धन्यवाद यो अवसरका निम्ति

  • भर्खरै बाबाको अप्रेसन सफल भएको छ, कस्तो महशुस भइरहेको छ ?

अभियस्ली हामी एउटा परिक्षा बाट पास भएका छौ । ठुलो शल्यकृया सफल भएको छ । एकदमै खुशि छु । झन बाबा अहिले त पहिले भन्दा तगडा हुनु भएको छ । पहिला बसेको ठाउँबाट उठ्न निकै गारो मान्नुहुन्थ्यो अहिले त जुरुक्क उठेर हिड्ने,आफ्नो काम आफै गर्ने गर्नुहुन्छ ।

  • नेपालमै यति ठुलो शल्यकृया सफल भएको छ, तर सुरुमा विदेश नै लानुपर्छ भन्ने लागेन ?

नेपालको स्वस्थ्य क्षेत्र पहिले जस्तो छैन । नेपालमै ठुला डाक्टरहरु छन् । हामीले वाँहा हरुलाई विश्वास गर्न नसक्नु हाम्रै कमजोरी हो । 

  • तपाई गीत लेख्ने र गुन गुनाउने पनि गर्नुहुन्छ तपाईले अमेरिकामा बोलको गीत चै कसरी लेख्नु भयो पृष्ठभुमि बताइदिनुस न 

अमेरिका एकदमै व्यस्त शहर हो त्याँहा कसैलाई कसैको मत्लव हुन्न विहान दिउसो राती जतिबेलै पनि काम भन्दा केहि हुदैन त्यसै परिवेशलाई मध्यनजर गर्दै मैल त्यो गीत लेखेको हु ।

  • तपाइ लामो समय अमेरिका मै बसेर अहिले भने  नफर्कने गरि नै नेपाल आउनु भयो श्रिमतीलाई कसरी मनाउनु भयो ?

हामी नेपाल फर्कीनु को मुख्य कारण भनेको आमा बिरामी हुनु ले पनि हो, नेपाल बाट बाबाले फोन गरेर तलाई आमा ठुलो की अमेरिका ठुले भनेर प्रश्न गर्नु भयो । त्यो प्रश्नले मलाई मनमा धेरै पिडा दियो र अन्तत मैले उनिलाई पनि ममीको स्वस्थ्यका विषयमा कुरा गरे र उनि पनि नेपाल फर्कन राजी भइन् ।

  • खाशखुश बन्द हुनुको कारण चाहि के हो ?

त्यहि समयमा मेरो ममी विरामी हुनु भयो र मैल समय दिन सकिन । केदा घिमिरे दाई पनि आफ्नै काम मा व्यस्त हुनु भयो । त्यो सगै फेरी बाबा विरामी हुनु भयो त्यसैले मैले राम्रो सग समय दिन पाएको थिइन तर अब फेरि पनि म कलाकारिता मा नै सकृय हुने छु । खाश खुश नभए पनि अन्य कुनै टेलि चलचित्रका साथमा चाडै आउने सोच बनाएको छु ।

  • खासमा तापाई मदनकृष्ण श्रेष्ठको छोरा कि कलाकार यमन श्रेष्ठ ? 

म दुबै ले आफुलाई चिनाउने गर्छु तर पनि कलाकार भन्दा पहिला म मदनकृष्ण कै छोरा हो अनि बल्ल कलाकार हो वाँहाले मलाई जन्म नदिनु भएको भए म कसरी कलाकार भनेर आफुलाई चिनाउन सक्थे र 

  • तपाई र रिंकु जी को भेट काहा भएको हो ?

हाम्रो भेट अमेरिका मै भएको हो । एउटा कार्यक्रमको आयोजना भएको थियो र  म त्यो कार्यक्रम संयोजक थिए । त्यो कार्यक्रममा उनि पनि गीत गाउन आएकी थिइन पहिलो पटक देख्ने वित्तिकै मलाई उनि मन पर्यो । उनले गीत गाइसके पछि आएर मलाइ नै मैले गाएको गीत कस्तो भयो भनेर सोधिन् मैले गीतमा भन्दा उनिमा मात्र ध्यान दिएको थिए ।  उनले कस्तो गीत गाइन मलाई थाहा नै भएन त्येहि पनि धेरै राम्रो थियो भनेर प्रतिकृया दिए ।

  • प्रपोज चाहि कसरी गर्नु भयो ?

हाहाहा पहिलो भेट पछि म उनका हरेक कृयाकलाप नियालिरहन्थे उनि सग नजिकिने कोसिस गरिरहन्थे । विस्तारै उनि सग नजिक पनि भए । कहिलेकाहि गएर भन्दिन्छु जस्तो लाग्थ्यो फेरी अस्विकार गर्छिन की भनेर डर लाग्थ्यो । पछि उनि पनि म प्रति आकर्षित भएको महशुष गर्न थाले र एक दिन आँट गरेर भन्दिए नभन्दै उनिले पनि स्विकार गरिन ।

  • अहिले आएर त्यो समयमा ठुलो गल्ति गरेछु भन्ने त लागेको छैन ?

हाहाहा त्यस्तो छैन एक अर्का लाई पाएर हामी दुवै जना खुशी छौ


 मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस