Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘छिरिङ’ हेर्न गगन थापा हलमा

2018/10/03   gufgaf

गफगाफ -गत शुक्रबारबाट प्रदर्शनमा अएका चलचित्रहरु हुन् अनुराग,कथा काठमाण्डौ र छिरिङ । प्रदर्शनको पाचौ दिनमा चलचित्र ‘छिरिङ’युनिटले भिआइपी शो को आयोजना गरेको छ । राइजिङमलको क्युज चलचित्र भवनमा आयोजना गरिएको उक्त भिआइपी शोमा पुर्व स्वस्थ्य मन्त्री गगन कुमार थापाको समेत उपस्थिति रहेको थियो । गगन सगै
हास्य कलाकार सिताराम कट्टेल तथा उनकी श्रिमती कुञ्जना घिमिरे गायक तथा संगीतकार दीप श्रेष्ठ, न्यु बज्राचार्य लगायतका कलाकारहरुले चलचित्र हेरेर सकारात्मक टिप्पणी दिएका दिएका थिए । चलचित्र प्रदर्शनको अघिल्लो दिन चलचित्र युनिटले प्रिमियर सो को आयोजना गरेको थियो । प्रिमियर सो मा पनि चलचित्र छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौला, कलाकार जितु नेपाल, शिवहरी पौडेल,यमन श्रेष्ठ, गायक राजेश पायल राई लगायतले चलचित्र हेरेर सकारात्मक टिप्पणी दिएका थिए । 

चलचित्रले आफ्नै पतिलाई चिन्न नसक्दा युवतीले भोग्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध लाई चलचित्रले कथाका रुपमा प्रस्तुत गरेको छ । चलचित्रको निर्देशन गायक एवं अभिनेता यशकुमारले गरेका हुन् । चलचित्रमा यसकुमार, निमा रम्बा, कामना भजेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रको निर्माण सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नविन बुढाथोकी ले गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस