बाहुबलीका कटप्पाको चाख लाग्दो डेब्यु प्रसंग

गफगाफ - सिनेमा बाहुबलीबाट चर्चामा आएका अभिनेता सत्यराजको आज ६५ औँ जन्मदिन परेको छ । ३ अक्टोबर  १९५४ मा कोयम्बटुरमा जन्मेका सत्यराजको वास्तविक नाम  रंगराज सुब्बैयाह हो । तर उनी सत्यराजको नामबाट चिनिएका छन् । अझ पछिल्लो समय सिनेमा बाहुबलीमा काम गरेपछि उनको वास्तविक नाम भन्दा पनि उनको सिनेमाको नाम कटप्पाको रुपमा संसारभर चिनिन्छ ।
सन् १९७८मा अभिनयमा डेब्यु गरेका सत्यराजले अहिले सम्मको सिने करिअरमा २ सय भन्दा धेरै सिनेमामा काम गरेका छन् । तमिल,  तेलुगु, र हिन्दी सिनेमामा काम गरिसकेका उनलाई एस एस राजमौलीको सिनेमा बाहुबलीलले नै करिअरकै ठूलो सफलदता दियो । यहि  सिनेमा मार्फत उनी संसारभर चिनिए । उनको सिनेमा डेब्यु प्रसंग निकै  चाख लाग्दो छ । खासमा उनलाई बाल्यकालमा अभिनेता बन्ने ईच्छा थिएन । एक पटक एउटा सिनेमाको छायाकंन हेर्न पुगेका उनलाई सिनेमामा काम गर्ने चाह भयो ।

भएको  के थियो भने सन् १९७६ मा  सत्यराज एउटा सिनेमाको छायाकंन हेर्न पुगेका थिए ।  सिनेमा थियो अनाकिली । यहि क्रममा उनको भेट र कुराकानी अभिनेता  शिवकुमार र  निर्माता थिरुपपुरसँग भयो । त्यसपछि सत्यराजलाई सिनेमा प्रति रुचि जाग्यो ।  पछि उनले कोमल  स्वामीनाथनको ड्रामा गु्रप जोईन गरे । उनले नाटक मण्डलामा २ वर्ष बिताए ।  त्यसपछि  उनले १९७८ मा  पहिलो सिनेमा स्वरुप सत्तम एन कईइलमा काम गरे । यो सिनेमामार्फत उनको अभिनयको शुरुवात भयो । त्यसपछि उनले प्रोडक्शन म्यानेजरको रुपमा काम गर्न थाले । प्हिलो सिनेमामा काम गरेको ७ वर्षपछि उनले मुख्य अभिनेताको रुपमा  सन् १९८५ मा सिनेमा सावीमा काम गरे । त्यसपछि उनको सिने करिअर निरन्तर अघि बढ्यो ।

म्याडम तुसादमा कटप्पा
सत्यराजको कटप्पा अवतार संसारभर चिनियो र सबैलाई मन पनि पर्यो  । उनको यहि भूमिकाबाट प्रभावित भएर बैंककको तुसाद म्युजियममा  उनको वैक्स स्ट्याचु  लगाईने भएको छ ।  यसको जानकारी सत्यराजका छोरा सिविले यहि वर्षको मार्च महिनामा ट्विटरमार्फत दिएका थिए ।


नक्कली कपाल लगाएर हिरो
बाहुबलीमा कटप्पाको भूमिका निर्वाह गरेका सत्यराजले कुनै सिनेमामा सिनेमामा मुख्य हिरो भएर पनि काम गरेका छन् । चाख लाग्दो कुरा के छ भने उनले सिनेमामा हिरो बन्नका लागि नक्कली कपाल अर्थात विगको प्रयोग गरेका थिए । सन् २००१ मा आएको सिनेमा अस्थलमा उनले विग लगाएर मुख्य भूमिकामा काम गरेका छन् । यस सिनेमामा उनले बाहुबलीकै  शिवगामी अर्थात  राम्या कृष्णनसँग पर्दा बाँडेका थिए । यस्तै अन्य केही सिनेमामा पनि उनले विग लगाएर काम गरेका छन् ।

छोरा शिविराज पनि अभिनेता
सत्यराजले सन् १९७९ मा महेश्वरीसँग विवाह गरे । उनका एक छोरा शिशिराज र एक छोरी दिव्या सुब्बैया छन् ।  सत्यराजका छोरा शिविराज पनि अभिनेता हुन् । शिविले स्टुडेन्ट नम्बर वान,  जोर,  मन्निन मेन्धन, लि, नानयाम,  रंग, सत्या लगायत दर्जन जति तमिल सिनेमामा काम गरेका छने । उनको आगामी सिनेमा मायोन हो  ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस