अन्र्तवार्तामै समुन्द्रले एलिजालाई भने फतौरी (भिडियोसहित)

2018/10/04   gufgaf

गफगाफ - अभिनेत्री एलिजा गौतमको डेब्यु सिनेमा अनुराग यो साता देखि प्रदर्शनमा आएको छ ।  शुक्रबार देखि प्रदर्शनमा आएको यो सिनेमाले औसत कारोबार गरिरहेको छ । आफ्नो पहिलो सिनेमाको कारोबार र दर्शकको प्रतिकृया देखेर अभिनेत्री एलिजाले आफूलाई खुशी मिलेको बताउँछिन् । पहिलो सिनेमाबाटै यत्तिको सफलता पाउनु खुशीको कुरा भएको एलिजाको भनाई छ ।अर्कातर्फ दुईवटा छोराछोरी जन्माईसकेपछि एलिजाले सिनेमामा प्रवेश गर्नु धेरैको लागि प्रेरणाको स्रोत बनेको छ । नेपाली समाजका लागि उनको यो कदम उदाहरणीय बनेको छ ।

यो सिनेमामा उनले नव अभिनेता समुन्द्र पण्डितसँग जोडी बाँधेकी छिन् ।  समुन्द्रले पनि पहिलो सिनेमामा गरेको कामले तारिफ बटुलिरहेका छन् ।धेरैले सम्भावना बोकेका नायकको सिनेमामा प्रवेश भएको प्रतिकृया दिईरहेका छन् जसले समुन्द्रलाई खुशी मिलेको छ । यहि सिनेमाको प्रचार प्रसारको समयमा फर्सीनेटवर्कको एक कार्यक्रममा कुराकानी गर्ने क्रममा समुन्द्रले एलिजाको बारेमा  खुलेर कुराकानी गरेका छन् ।

समुन्द्र मनमा केही पनि राख्ने हरेक कुरा खुलेर बोल्ने अभिनेतामा पर्छन् । कतिले त उनलाई सोचेर बोल्न पनि सल्लाह दिईरहेका हुन्छन् । तर उनी आफ्नो कुनै पनि कुरा मनमा राख्न नसक्ने र हरेक कुराहरु फ्याट्टै भनिदिने बानी भएको बताउँछन् ।

हामीसँगको कुराकानीमा पनि उनले एलिजाको बारेमा यसरी नै खुलेर बोलेका छन् । सिनेमामा काम गर्ने क्रममा यी दुईले एकअर्कालाई राम्ररी चिन्ने मौका पाएका छन् । सायद यसैका आधारमा समुन्द्रले एलिजाका बारेमा यसरी खुलेर कुराकानी गरेका होलान् । जसमा समुन्द्रले बोलेका केही कुराले एलिजाको चित्त दुखाएको देख्न सकिन्छ । प्रस्तुत छ एलिजा र समुन्द्रसँग गरिएको रमाईलो कुराकानी  भिडियोमा ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस