> Gufgaf.com

रेडियो अडियो

जन्म दिनमा अनाथालय पुगे जय किशन

2018/10/04   gufgaf

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्रहरु चले पनि र नचले पनि सक्सेस पाटीको नाममा महंगा रेष्टुरेण्टमा लाखौं खर्च गर्ने चलन चल्न थालि रहेको छ । सक्सेस पाटीको आयोजना हुँदै गर्दा उक्त चलचित्र चाहीं हलबाट उत्रि सकेको हुने आवस्थाले यस्ता पाटी आयोजकहरु आलोचित पनि बन्ने गरेका छन् । यही मेसो चलि रहेको बेला निर्माता तथा नायक जय किशन बस्नेतले भने आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो चलचित्र धूम ३ को सक्सेस पाटी दिएका छन् । तर उनले उक्त पाटी आयोजना गर्दा कुनै महंगो रेष्टुरेण्टमा जाँड पाटी गरेनन् बरु अनाथ बालबालिकाहरुको अभिभावक बनेर मनाए ।

जय किशन बस्नेत फिल्मस् प्रा।लि।को ब्यानरमा बनेको चलचित्र धूम ३ अशोज ५ गते देखि देशब्यापी प्रदर्शनमा आएको थियो भने अझै पनि कतिपय ठाउँमा सफलताका साथ चलि रहेको छ । सोही दिनबाट डिसहोममा पनि एकै साथ आएको चलचित्रले दर्शकहरुको राम्रो साथ पाई रहेको डि होम नेटवर्कले जनाएको छ । यही परिवेशमा अशोज १७ गते आफ्नो जन्म दिन परेकोले दुई वटै अवसर एकै दिनमा जुरेको प्रतिकृया नायक, निर्माता तथा निर्देशक बस्नेतले दिएका छन् । 

अरुले गरेको भन्दा फरक शैली मन पर्छ भन्न रुचाउँने नायक बस्नेतले उनको यसपालीको जन्मदिन काठमाडौंको ओखरपौवा स्थित मातृ नेपाल बाल गृहमा रहेका अनाथ तथा असहाय बालबालिकासँग मनाएका छन् । ४८ जना बालबालिकाहरु रहेको उक्त बाल गृहलाई बस्नेतले नगद १ लाख आर्थिक सहयोग समेत गरेका छन् । त्यहाँ रहेका बालबालिकाहरु नायक बस्नेतसँग खुसी देखिएका थिए भने उनको धूम २ को संवाद सँगै बोलेका थिए । नायक बस्नेतले ठूलाले दिएको मात्र आशिर्वाद हुन्छ भन्ने मान्यता राख्ने मान्छे आफु नभएकोले जन्म दिनमा बालबालिकाको आशिर्वाद लिन अनाथालय गएको बताए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस