Tuesday, 26 Oct
01:00:00

‘विर विक्रम २’ मा आकाश र बर्षाको रोमान्स

2018/10/04   gufgaf

गफगाफ - पछिल्लो समय चलचित्र बजारमा नयाँ नामको भन्दा पनि सिक्वेलले काम चलाउने प्रबृत्तीको विकास हुदै गइिरहेको छ । चलचित्रको नयाँ नाम जुराउने झण्जट बाट मुक्त हुनका निम्ति पनि यो प्रबृत्ती फलदायी हुने गरेको छ ।

अझ अघिल्लो चलचित्र सामान्य चले पनि त्यसैको सिक्वेलका रुममा चलचित्र निर्माण हुन्छन् । तर नाम एउटै भए पनि न त कथा अघिल्लो चलचित्र सँग मेल खान्छ । न त अन्य कथावस्तु । एउटा नाम बाहेक अरु सबै नयाँ हुन्छ । चलचित्र चलाउनकै निम्ति पनि यो जुक्ति लगाउने गरेका छन् । यसै बिच चलचित्र विर विक्रमको पनि सिक्वेल बन्ने भएको छ । दाँयाहङ राइ र अनुप बिक्रम शाही अभिनित सफल चलचित्र ‘विर विक्रम’ ले औषत व्यापार गरेको थियो ।

चलचित्र को सिक्वेलका रुपमा ‘विर विक्रम २’ बनाउने पक्का भइसकेको छ ।  चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने भएका बताइएको छ । चलचित्र ‘विर विक्रम २’ मा नायकको रुपमा आकाश श्रेष्ठ अनुवन्धित भएका छन् भने नायिका भने बर्षा सिवाकोटी यस अघिनै फाइनल भैसकेकी छिन  । नायक अनमोल केसी को समय नमिले पछी निर्देशक मिलन चाम्सले ‘विर विक्रम २’ मा आकाश श्रेष्ठलाई  अनुवन्धित गरेको बताइएको छ । तर त्यसको औपचारिक घोषणा भने भइ सकेको छैन । चलचित्र निर्माण टिमले कलाकार र छायांकन मितिको जानकारी केही दिनमै  दिने बताएको छ । 
 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस