दीपक र दीपा एकअर्काको लागि बनेका हुन् -  शिवहरि

गफगाफ -  दीपाश्री निरौलाको  निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिन  अर्थात असोज २४ गतेदेखि प्रर्दर्शनमा आउँदैछ । सिनेमाको प्रदर्शन मिति नजिकिँदै  गर्दा निर्माण पक्षले सिनेमाको प्रचार प्रसारलाई तिब्र बनाएको छ ।   बिहिबार देखि सिनेमाको प्रचारकै लागि सिटी टुर शुरु गरिएको छ । यस अन्र्तगत  उपत्यकाका विभिन्न ठाउँमा सिनेमाको प्रचारको लागि कन्सर्ट गरिनेछ । गत वर्ष सिनेमाको टोली देश दौडाहामा पनि पुगेको थियो । तर यो वर्ष भने उपत्यकामा मात्रै निर्माण पक्षले टुर गर्ने भएको छ ।

यहि सिनेमाको प्रचार प्रसारको क्रममा हामीले सिनेमाका अभिनेता शिवहरि पौडेलसँग हामीले रमाईलो कुराकानी गर्ने अवसर पाएका छौँ । कुराकानीका क्रममा उनले दीपक राज गिरी र दीपाश्री निरौलाको खुलेर तारिफ गरेका छन् । त्यस्तै उनले दीपाश्रीको फेसबुकबाट सबैलाई आई लभ यु लेखिदिने बताए । खासमा फर्सीनेटवर्कको यस मै छ मज्जामा उनलाई सोधिएको थियो, यदि तपाईँले एक दिनको लागि     दीपाश्रीको फेसबुक चलाउने अवसर पाउनु भयो भने फेसबुकबाट के लेखिदिनु हुन्थ्यो ?

उनले दीपाश्रीको फेसबुकमा भएका सबै केटा साथीहरुलाई आई लभ यु लेखेर पठाईदिने बताए । खासमा उनले यो सबै रमाईलोको लागि मात्रै गर्ने पनि खुलाए । त्यस्तै यस मै छ मजामै कुराकानी गर्ने क्रममा  उनले यदि नेपालको कानुन कडा हुदैनथ्यो र दीपक राज गिरीले विहे गरेको हुँदैनथे भने दीपक र दीपाको विवाह गराईदिन चाहने बताएका छन् । उनले दीपा र दीपकको हरेक कुरा र गुणहरु मिल्ने भन्दै उनीहरु एकअर्काको लागि नै बनेको बताए । उनीहरुको सबै कुरा मिलेकै कारण उनीहरुले कामममा पनि सफलता पाएको शिवहरिको भनाई छ ।  

दीपक र दीपाको आगामी सिनेमा ‘छक्का पञ्जा ३’ मा दीपक राज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, किरण केसी, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस