सिटिएफ फ्रेसर फेसन नाईट फेसन सो हुदै 

गफगाफ -  सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको सिटिएफ फ्रेसर फेसन नाईटू फेसन सो हुने भएको छ । उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ । दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ भने यस फेशन शोमा सेलेब्रेटी मोडलरनायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एलिशा अग्रवालले गराएकी छिन ।  उक्त फेसन सोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ । 

फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा फ्री ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र,म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन ।  प्रतियोगीहरुले विश्वमा फेसनको कस्तो ट्रेण्ड चलिरहेको छ भन्ने पनि थाहा पाउँछन् भने अरूबाट आफूले सिक्ने र आफ्ना चिज अरूलाई देखाउने प्लाटफर्म बन्न सक्छ यो कार्यक्रम ।

एलिशा अग्रवालको संयोजन र नबिन न्यौपानेको कोरियोग्राफीमा गर्न लागेको उक्त फेशन शोमा १६ बर्ष देखी २२ बर्ष सम्मका युवा युवती मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने जानकारी आयोजकले गराएका छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस