अञ्जु र बिन्तीको ‘माया त यस्तो...’ (भिडियो)

गफगाफ - चलचित्रको पाश्र्व गायनमा व्यस्त रहेकी गायिका अञ्जु पन्त सुगम संगीतमा आधारित आधुनिक गीतमा पनि उत्तिकै सक्रिय छिन् । यसपटक गायिका पन्तले अमेरिकामा बसोबास गरिरहेका गायक बिन्ति कुमार गुरुङसंग आधुनिक शैलीकै यूगल गीत गाएकी छिन् । ‘माया त यस्तो...’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु एमडि फिरकले रचना गरेका हुन् । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत भरखरै सार्वजनिक भएको गीति एल्बम ‘बिन्ति’ मा समावेश छ ।

शान थापाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्रँफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरु कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस