विवादबीच तनुश्री ‘बिग बोस सिजन १२’ मा जाने !

गफगाफ -अभिनेता नाना पाटेकरलाई यौन दुर्व्यवहारको आरोप लगाएपछि अभिनेत्री तनुश्री दत्ताको चर्चा बलिवुडमा बढीरहेको छ । केहीले उनको यो कदममा साथ दिएका छन् भने केहीले उनले नाना पाटेकरजस्तो अभिनेतालाई यस्तो आरोप लगाएर गल्ती गरेको प्रतिकृया दिईरहेका छन् । उनले नानासँगै  महाराष्ट्र नवनिर्माण सेवा एमएनएसलाई पनि आफूमाथि आक्रमण गरेको आरोप लगाएकी छिन् ।  उनले १० वर्ष अघिको कुरा  फेरि कोट्याएर चर्चामा आएसँगै उनी भारतीय टेलिभिजनको विवादित शो बिग बोस सिजन १२ मा जाने चर्चा भईरहेको छ ।  उनी बिग बोसमा जाने चर्चा चलेपछि  मंगलबार राज ठाकरेका कार्यकर्ताले लोनावालास्थित बिग बोसको सेटमा गएर  निर्मातालाई  तनुश्रीलाई बिग बोसमा लिएको खण्डमा आफूहरुले बिग बोसको  सेट  ध्वस्त बनाईदिने चेतावनी दिएका छन् ।  

सोमबार मात्रै तनुश्रीले एमएनएसको तुलना आतंकी संगठन  आईएसआईएससँग गरेकी थिईन् । जसले  एमएनएसका कार्यकर्ता भड्किएका छन् ।लोनावलाका  पार्टी अध्यक्ष अक्षय जाचकले  बिग बोसको सेटमा गएर कलर्स च्यानलका कर्मचारीहरुलाई धम्की दिएका छन् । उनले तनुश्रीले पब्लीसिटको लागि राज ठाकरेको बदनाम गरिरहेको बताउँदै उनले बिग बोसमा आउनको लागि नै यी सब फण्डाहरु अपनाएको बताएका छन् । उता तनुश्रीले १० वर्ष अघिको कुरा फेरि कोट्याएका कारण राज ठाकरेको पार्टी एमएनएसले आफूलाई धम्की दिईरहेको बताएकी छिन् । यहि कारण मुम्बई पुलिसले तनुश्रीको सुरक्षाका लागि केही प्रहरी जवान उनको घर वरिपरि २४ घण्टा तैनाथ गरिदिएको छ ।


तनुश्रीले आफूलाई अभिनेता नाना पाटेकरले समेत  धम्की दिईरहेको बताएकी छिन् । आशिक बनाया आपने, ढोल जस्ता सिनेमामा काम गरेकी तनुश्रीले सन् २००८ मा सिनेमा हर्न ओके प्लिज नामक सिनेमाको सेटमा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरा्ेप लगाएकी छिन् । उनका अनुसार सिनेमाको सेटमा नाना पाटेकरको आवश्यकता थिएन । तर उनी कोरियोग्राफर गणेश लाई हटाएर आफै डान्स सिकाउन तम्सिए । नानाले सिनेमाको छायाकंनको पहिलो दिन देखि नै उनलाई दुर्व्यवहार गर्न शुरु गरेका थिए । पछि  उनले सिनेमाको स्क्रिप्टमै नभएको कुरा तनुसँग ईन्टिमेन्ट सिन गर्ने प्रस्ताव निर्मातालाई गरे । निर्माताले पनि नानाको यो कुरामा सहमती जनाए ।

तर जब यस बारेमा उनले निर्मातासँग कुरा गरिन् निर्माताले तनुको कुरालाई बेवास्ता गरे । तनुका अनुसार तनुतर्फ आर्किषत भएकै कारण नानाले निर्मातासँग ईन्टिमेन्ट सिन राख्न अनुरोध गरेका थिए । किनभने कन्ट्रयाकमा  सिनेमामा यस्तो सिन भएको कुरा उल्लेख गरिएको थिएन । आफूलाई काम गर्न असहज भएपछि उनले सिनेमा छोडिन् र सिनेमामा राखी सावन्तलाई राखिएको थियो । केही दिन अघि मात्रै राखी तनुको विरोधमा बालेकी थिईन् । नानाले त्यसबखत यौन दुर्व्यवहार मात्रै गरेनन् राजनीतिक पार्टी एमएनएसलाई बोलाएर  गाडीमा तोडफोड गरेको समेत तनुले भारतीय मिडियालाई बताएकी छिन् । तोडफोड भईरहँदा निर्माताहरुले कुनै पनि सहयोग नगरेको तनुको भनाई छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस