फ्राइडे रिलिज निर्जला सोलो प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत राजु गिरी निर्देशित चलचित्र निर्जला आज बाट अल नेपाल प्रदर्शनमा आएको छ । आज अन्य कुनै चलचित्र प्रदर्शनमा नआएका कारण चलचित्र निर्जलाले सोलो रिलिजको अवसर पाएको हो । प्रकाश चन्द्र न्यौपानेको निर्माणमा बनेको चलचित्रमा नायक किसोर खतिवडा, नायिका शुभेच्छा थापा र निक्स शर्माकोको मुख्य अभिनय रहेको छ । राजु गिरी निर्देशित यस अघिका चलचित्रहरु गीत संगीत, चलचित्रमा उठान गरिएका विषय वस्तु, साथै कलाकारका कारणले पनि चर्चामा आउने गरेका छन् । उनले निर्माण गर्ने गरेका चलचित्रहरुमा प्रेम कथा संगै यौन मनोविज्ञानमा आधारित हुने गरेका छन् ।

निर्देशक राजु गिरी यस अघि निर्माण गरेका चलचित्रहरुका कारण विवादमा समेत तानिएका थिए । यस अघिका चलचित्र जे जस्ता भए पनि निर्जला भने सामाजिक कथाबस्तुमा अधारित रहेको निर्माण युनिटले बताएको छ । चलचित्र प्रदर्शन अघि चलचित्र युनिटले प्रिमियर सो को आयोजना समेत गरेको थियो । नायिका शुभेच्छा थापा चलचित्र निर्जला नारीप्रधान चलचित्र भएको बताउछिन् । चलचित्र निर्जलाले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको उनको भनाई छ ।

यस सगै असोज ५ गते बाट प्रदर्शनमा आएको चलचित्र इन्टु मिन्टु लण्डनमाले तेस्रो सातामा प्रदर्शन सुरु गरेको छ । अझै पनि उपत्यका तथा उपत्यका बहिरका केहि हलहरुमा चलचित्र प्रदर्शन भइरहेको चलचित्रकी निर्देशक रेनशा बान्तवा राईले बताइन् । यस्तै अघिल्लो साता बाट प्रदर्शनमा आएका चलचित्र अनुराग र कथा काठमाण्डौ पनि दोस्रो सातामा प्रदर्शन सुरु गरेका छन् । उत्साह जनक नभए पनि सामान्य व्यापार गरेका यि चलचित्रहरुलाई समेत आज ठुलो व्यानरको चलचित्र रिलिज नहुनाले केहि हद भए पनि फाइदा पुर्याएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस