Tuesday, 26 Oct
01:00:00

सामाजिक कथामा आधारित चलचित्र ‘दैलो’

2018/10/05   gufgaf

गफगाफ - चलचित्र ‘दैलो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युटुव मार्फत उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  समाजमा हुने गरका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको उक्त चलचित्रमा अविभावकको सन्तान प्रतिको जिम्मेवारी, समाजमा कुरितीका रुपमा रहेको दाइजो प्रथा लगायतका कुराहरुलाई आकर्शक शैलीमा प्रस्तुत गरिएको बताइएको छ ।  

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा उक्त चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईं लगायतको अभिनय रहेको छ । चलचित्र ‘दैलो’ कात्तिक ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस