Tuesday, 26 Oct
01:00:00

‘चङ्गा चेट’ को अफिसियल पोस्टर सार्वजनिक

2018/10/05   gufgaf

गफगाफ - चलचित्र ‘चङ्गा चेट’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा एक व्यक्तिले चंगा उडाइरहेका छन्  । उसले उडाएको चंगामा चलचित्रका मुख्य कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेलको तस्विर देखाइएको छ ।  एक जना व्यक्ति कैची लिएर हासीरहेका छन्, पोस्टर हेर्दा लाग्छ उनि त्यस चंगामा गासिएको डोरी काट्ने तयारीमा छन् ।

चलचित्रको मुल कथालाई एउटा पोस्टरमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताए ।  अबको केहि दिन भित्रमै चलचित्रको ट्रेलर समेत  सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।  चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीत यतिबेला चर्चामा छ । माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका हुन् । 

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेल को प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको पनि विशेष भूमिका रहेको बताइएको छ । चलचित्र कात्तिक १६ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपतिप्रसाद लाई दर्शकले रुचाएका थिए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस