अनुराग हेरेर रवि लामिछानेले दिए सिधा प्रतिकृया

गफगाफ - ऋषि धमलाको प्रस्तुती सिनेमा अनुराग आज देखि दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार देखि प्रदर्शनमा आएको यो सिनेमामार्फत ऋषि धमलाले आफ्नी श्रीमती एलिजा गौतमलाई डेबयु गराएका छन् । यो सिनेमालाई आम दर्शकले मात्रै शैन राजनीतिक पार्टीका नेता र बरिष्ठ कलाकारहरुले समेत हेरिसकेका छन् । सिनेमालाई राजनीति पार्टीका नेताहरु झलना खनाल,  लालबाबु  पण्डित, बिमला पण्डित महात, गगन थापा,  रामचन्द्र पौडेल, डाक्टर शिवमाया तुम्बाहाम्फे  कलाकारहरु  हरिवंश आचार्य, भुवन केसी, रेखा थापा लगायतले सिनेमा हेरिसकेका छन् ।

सिनेमा हेरेका सबैले घुमाउरो पारामा प्रतिकृया दिईरहेको बेला पत्रकार रवि लामिछानेले भने सिधा प्रतिकृया दिएका छन् ।  विहिबार रवि लामिछानेले सिनेमा हेरिसकेपछि ऋषि धमलालाई हेर्दै कि म प्रतिकृया दिन्न दिएँ भने जे लाग्यो त्यहि भन्छु भनेर स्विकृती लिएर सिनेमाको बारेमा प्रतिकृया दिए । उनले भने, सिनेमामा सबैको आ आफ्नो टेस्ट हुन्छ । मलाई जुन खालको सिनेमा मन पर्छ । अरुलाई पनि त्यहि सिनेमा मन पर्छ भन्ने छैन । कसैले पनि बेस्ट मुभि बनाउँछु भनेर  बनाउन सक्ने कुरा हैन सिनेमा भनेको छ । मलाई यो सिनेमा ठिकठिकै लाग्यो ।


यो सिनेमा अझ धेरै राम्रो हुन सक्थ्यो । सिनेमाको कथामा, कलाकारहरुको अभिनयमा अझ राम्रो गर्न सकिन्थ्यो । तर यो शुरुवातको समय हो । हाम्रो एलिजा जीले रहरले गर्नु भयो जस्तो लाग्छ मलाई । उहाँले आफ्नो प्यासनलाई यसरी अभिव्यक्त गर्नु भयो । अर्को समय उहाँले रहर भन्दा माथि उठेर काम गर्नुपर्छ । अनि बल्ल उहाँलाई जज गर्न मिल्छ । मलाई सिनेमा राम्रो नराम्रो लाग्नु भनेको बेग्लै कुरा हो । उहाँले सिनेमा क्षेत्रमा योगदान दिनको लागि आउनु भएको छ । उहाँहरुलाई  यसपाली वेलकम मात्र गरौँ । अर्को कामबाट चाहि जज गरौँला । तर उनले ऋषिले आफ्नो श्रीमती एलिजालाई गरेको सपोर्टको भने खुलेर तारिफ गरे ।

 उनले ऋषिले जुन किसिमको सपोर्ट एलिजालाई गरेका छन् त्यो एकदमै महत्वपूर्ण र उदाहरणीय भएको बताए । तर सिनेमा भने आफूलाई राम्रो नलागेको स्पष्ट पारे । अनुरागमा एलिजासँगै कलाकार समुन्द्र पण्डितले मुख्य भूमिका निर्वाह गरेका छन् । समुन्द्रको पनि यो डेब्यु सिनेमा हो । त्यस्तै निर्देशक सत्यराज चौलागाईँको पनि यो डेबयु निर्देशन हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस