> Gufgaf.com

रेडियो अडियो

उपत्यकामा ‘छक्का पञ्जा ३’ विशेष कन्सर्ट

2018/10/05   gufgaf

गफगाफ - असोज २४ गते घटस्थापनाको दिन देखि प्रदर्शनमा आउने सिनेमा ‘छक्का पञ्जा ३’ को टोली यतिबेला सिटी टुरमा खटिएको छ । यस अन्र्तगत  ‘छक्का पञ्जा ३’  को टोलीले उपत्यकाका विभिन्न ठाउँमा प्रमोशनल कन्सर्ट गरिरहेको छ ।  बिहिबार देखि शुरु भएको यो यात्रा  भोलि सम्म रहनेछ । छक्का पञ्जा ३ को टोलीलले बिहिबार विहान गठ्ठाघरबाट शुरु गरेको यो यात्रालाई  दिउँसो कोटेश्वर र बेलुका लगनखेलमा पुर्याएको थियो ।

त्यस्तै शुक्रबार विहान बिजी मल बसपार्कमा एउटा शो सकिएको छ भने दिउँसो साढे २ बजे चावहिलमा कन्सर्ट हुने भएको छ । त्यस्तै  शुक्रबार बेलुका रत्नपार्कममा पनि कन्सर्ट  गर्ने तयारी छक्का पञ्जा टोलीको छ । यस टुरमा सिनेमाकी निर्देशक दीपाश्री निरौला कलाकार जितु नेपाल, केदार घिमिरे, गायिका एन्जिला रेग्मी, हाँस्यकलाकार सुमन कार्की, गायक सागर शर्मा पराजुली लगायतको उपस्थिती छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा छक्का पञ्जा ३’ मा दीपक राज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, किरण केसी, शिवहरि पौडेल, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस