Tuesday, 26 Oct
01:00:00

सरोज खनालले खोले एक्टिङ स्कुल

2018/10/05   gufgaf

गफगाफ - लामो समय अमेरिकाको बसाइ पछि नेपाल फर्किएका कलाकार हुन सरोज खनाल । सरोज नेपाल फर्किए पछि पुन चलचित्र क्षेत्रमा नै सकृय छन् । यसै विच उनलेअभिनय कोर्ष सिकाउने स्कुल सञ्चालनमा ल्याएका छन् । तर उनले  सञ्चालनमा ल्यएको उक्त स्कुलमा मंसिर १ गतेबाट मात्र औपचारिक रुपमा पढाई सुरु हुने बताइएको छ । स्कुलको उदेघाटा भने दशै र तिहारको विचमा गर्ने तयारी भइरहेको खनालले बताए । ’माला आर्टस् एकेडेमी’ नाम राखिएको उक्त स्कुल स्थापना गर्नका निम्ति  करिव ५० लाखको लगानी लागेको खनालले जानकारी दिए । 

यस स्कुलमा सरोज खनालका साथै चन्द्र माला शर्मा, विरेन्द्र हमाल, सूर्य माला खनाल लगायतको पनि सहकार्य रहेको बुझिएको छ । भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने कलाकार विरेन्द्र हमालले जानकारी दिए । तीन महिने कोर्षका लागि प्रति महिना २० हजार शुल्क तोकिएको छ । 

एउटा कोर्ष पुरा गर्न ३ महिना लाग्ने छ भने त्यसका निम्ति ६० हजार शुल्क लाग्ने छ । प्रशिक्षणमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न अवसरहरु समेत दिइने छ । चलचित्र क्षेत्रमा लामो समय विताएका कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ल सगै सरोज खनाल सोयमले अनुभव साट्नेछन् । सरोजले अभिनयमा रुची भएका जो कोही एकेडेमीमा भर्ना हुनसक्ने बताए ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस