Tuesday, 26 Oct
01:00:00

अंग्रेजी काण्डमा मन्त्री बिष्ट बोले

2018/09/10   Tek

गफगाफ-  मन्त्री गौकर्ण बिष्टको अंग्रेजी भाषणलाई लिएर बजारमा हजार थरिका कृया/प्रतिकृयाहरु आई रहेकाछन् । प्रतिकृयावादीको तर्क छ, ‘श्रममन्त्री हैन शरममन्त्री रहेछन्, लाजै मर्नु बनाए !’ कृयावादीको तर्क छ, ‘उहाँको नाममात्र गाईकाने (गौकर्ण) हो, भाषा त गाईखाने हैन नि ! धन्न त्यति भएपनि बोले भनेर भन्नोस् ।’

यसै प्रसंगमा हाम्रा प्रतिनिधिले गुल्मेली मन्त्री बिष्टस“ग शिष्ट कुराकानी गरेकाछन् । प्रश्तुत कुराकानीको असम्पादित अंश:

गुड मर्निङ् मन्त्रीज्यू ।

हे….री, ब्यङ्ग्य हान्न फोन अर्नु भएको हो कि अन्र्तवार्ता लिन हो र ?

तपाईंको अंग्रेजी भाषणको बिषयमा कुराकानी गरौं भनेर मन्त्रीज्यू…।
उसो भए नेपालीमा सोध्नोस् क्या, जले पे क्युँ नमक डालते हो र !

अंग्रेजी त ल्याङ्फ्याङ्रेजी रहेछ नि ! डिग्रीसम्म पढ्नु भएको हैन र ?

चाहिएको बेला काम नलाए पछि जति पढेपनि क्यार्नी हो र ! पढाईमा पास, पराई फयल भन्दिनोस् क्यारे ।

तपाईंको यो अंग्रेजी भाषण आफैं सुन्दाचाहीं कस्तो लाग्यो ?

कस्तो लाउनी हो र, बिष्ट बाजेले औंरेजीमा भागवत पाठ गरेझैं लायो ।

नेपालीमै बोल्या भए के जान्थ्यो ?

ईज्जत जान्थ्यो ! गोराले नेपाली नबुझपछि देशको ईज्जत जान्नथ्यो र !!

दोभाषे राख्न सकिन्थ्यो नि मन्त्रीज्यू…।

त्यही“ त चिप्लियो क्यारे । हिरो बन्न खोजेको जिरो भईयो, क्यार्ने त नि ।

मन्त्रीले त स्वकिय, सहयोगी, सल्लाहकारका नाममा थुप्रै मान्छे पालेका हुन्छन् । सल्लाह माग्नु भएन ?

हेर्नोस्, सल्लाहकारको सल्लाह भनेको भक्तले भगवानलाई भेटी चढाएजस्तो मात्र हो । चढाउनेले चढाउँछ, लिनले लिन्छ लिंदैन, थाहै हुँदैन ।

त्यो भिडियो हेर्दा स्कुलको पहिलो दिनको पहिलो कक्षामा साथीहरुका अगाडी बोल्नु पर्दाको दर्दनाक अवस्थाजस्तो देखिन्छ । तपाईं डराउनु भएको थियो ?

केलाई डराम्नी हो र ! करान्तीकारीको शब्दकोशमा डर भन्ने शब्दावली हुँदैन । सातोचाहीं अलिअलि उड्न लागिथ्यो । खुट्टा लगलग कामिथे तर डर भने पटक्कै थिएन ।

बिदेशी मञ्चमा चाईनिज, जापानिजहरु अनुवादक राखेर आफ्नै भाषा बोल्छन् । हामीचाहीं कि अंग्रेजीमैं बल गर्छौ ?

त्यही भएर त बेलाबेलामा ‘बाँबारुचिभुप’ हुन्छौं नि ।

‘बाँबारुचिभुप’ भन्नाले ?

बाँदर बाठो भयो भने रुखबाट चिप्लिएर भुइँमा पछारिन्छ ।

तुलनात्मक रुपमा तपाईंको ईमेज राम्रो थियो । अंग्रेजी काण्डपछि तपाईंका आलोचकलाई के भन्नु हुन्छ ?

के भन्ने हो र ! गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला, थप टेन्सन नगराउ मलाई ‘मलेसिया काण्ड’ निल्नु न ओकल्नु भएको बेला !

हवस्त मन्त्रीज्यू, थ्याङ्क्यू ।

फेरी केलाई थ्याङ्क्यू हो, धन्यवाद जो भन्नोस् ।

यो सामाग्रि gajureal.com बाट साभार गरिएको हो । थप व्यंग्यात्मक सामाग्रिका लागि तपाई सधैं gajureal.comको साथमा रहनुहोस् ।

  •  


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस