gufgaf

‘हजार जुनी सम्म’ मा महंगो पारिश्रमिक लिदै आर्यन सिग्देल

2018/10/07   gufgaf
   

गफगाफ - चलचित्र नाई नभन्नु ल को सफल प्रदर्शन पश्चात निर्देशक विकासराज आचार्य अर्को चलचित्रका निम्ति कस्सिएर लागेका छन् ।  आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’ का निम्ति कलाकारहरुको छनोट भइरहेको छ ।  निर्देशक आचार्यले नयाँ चलचित्रका निम्ति नायिका स्वस्तिमा खड्कालाई केहि समय अघि नै अनुवन्धित गरिसकेका छन् । अब भने चलचित्रका निम्ति अधिकांश कलाकार फाइनल भएको निर्देशक आचार्यले जानकारी दिए । चलचित्रका लागि नायक आर्यन सिग्देल पनि फाइनल भएका भएको बुझिएको छ । नायक आर्यन सिग्देल आफैले निर्माण गरेको चलचित्र कायरा प्रदर्शन पश्चात खाली नै थिए । उनले निर्माण गरेको चलचित्र कायराले औषत व्यापार गरेको थियो ।

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’ का निम्ति महंगो पारिश्रमिकमा अनुवन्धित भएको बुझिएको छ । उनले १० लाख भन्दा माथि पारिश्रमिक लिएर चलचित्रमा लिखित सम्झौता गरेको बताइएको छ । चलचित्रका निम्ति आर्यन सिग्देल सँगै सलोन बस्नेत पनि फाइनल भएको बताइएको छ । निर्देशक आचार्य चलचित्रका निम्ति नयाँ नायकको खोजिमा थिए । नायकको खोजि कार्य पनि सम्पन्न भइसकेको बिकासले गफगाफलाई बताए । चलसचत्रका निम्ति नव नायक अकी प्रधान फाइनल भएको बताइएको छ उनि दिल्लीमा बस्दै आएका थिए ।

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल भएको बताइएको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस